Logo

२०८३ भाद्र ४ गते बिहिवार

२०८३ भाद्र ४ गते बिहिवार

विश्वासको मतअघि एमाले कार्यालयमा जुटे लुम्बिनीका सत्ता पक्षका सांसद

विश्वासको मतअघि एमाले कार्यालयमा जुटे लुम्बिनीका सत्ता पक्षका सांसद


  • 988
    Shares

    विश्वासको मतअघि एमाले कार्यालयमा जुटे लुम्बिनीका सत्ता पक्षका सांसद
    images

    काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत लिने तयारी गरिरहँदा सरकारलाई समर्थन गर्ने दलका सांसदहरू नेकपा एमालेको संसदीय कार्यालयमा भेला भएका छन् ।

    एमालेसहित सरकारको पक्षमा रहेका नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय जनमोर्चालगायत दलका प्रदेशसभा सदस्यहरू एमाले संसदीय कार्यालयमा जुटेका हुन् ।

    सांसदहरू सामूहिक रूपमा प्रदेशसभा बैठकमा सहभागी हुने तयारीमा रहेका छन् । सांसदहरूको उपस्थितिसँगै मुख्यमन्त्री आचार्यको पक्षमा आवश्यक बहुमत पुग्ने दाबी गरिएको छ ।

    नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री आचार्यले प्रदेशसभाबाट विश्वासको मत लिन लागेका हुन् ।

    विश्वासको मतका लागि एमालेसहित सरकारमा सहभागी दलहरूबीच यसअघि नै आवश्यक समन्वय भएको बताइएको छ । एमाले संसदीय कार्यालयमा भएको छलफलमा प्रदेशसभा बैठकमा सरकारको पक्षमा मतदान गर्ने विषयमा सहमति भएको जनाइएको छ ।

    नेकपा केन्द्रका लुम्बिनी प्रदेश प्रमुख सचेतक इन्द्रजित थारुले पार्टीका सबै सांसदले मुख्यमन्त्री आचार्यलाई विश्वासको मत दिने निर्णय यसअघि नै गरिसकेको जानकारी दिए ।

    उनले भने, “हाम्रो पार्टीका सबै सांसदले मुख्यमन्त्री चेतनारायण आचार्यलाई विश्वासको मत दिने निर्णय हिजो नै भएको हो । अहिले सत्ता समीकरणमा रहेका दलहरूबीच पनि आवश्यक समन्वय भएको छ ।”

    मुख्यमन्त्री आचार्यले सोमबार बस्ने प्रदेशसभा बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ ।

    images
    प्रकाशित मिति :भाद्र १ २०८३ सोमवार - १३:१६:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij