Logo

२०८३ भाद्र ४ गते बिहिवार

२०८३ भाद्र ४ गते बिहिवार

धनकुटामा लागुऔषधसहित २ जना पक्राउ

धनकुटामा लागुऔषधसहित २ जना पक्राउ


  • 722
    Shares

    धनकुटामा लागुऔषधसहित २ जना पक्राउ
    images

    काठमाडौं । धनकुटामा लागुऔषधसहित दुई जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार धनकुटा नगरपालिका-९, मुलघाटस्थित कोशी लोकमार्गबाट उनीहरुलाई पक्राउ गरिएको हो ।

    सुनसरीको धरानबाट धनकुटातर्फ आउँदै गरेको  मोटरसाइकललाई शंकाका आधारमा प्रहरी चौकी मुलघाटबाट खटिएको टोलीले चेकजाँच गरेको थियो ।

    जाँचका क्रममा मोटरसाइकल चालक २४ वर्षीय मन कुमार राई र मोटरसाइकलको पछाडि सवार सोही २० वर्षीय विजय राईलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार विजय राईले बोकेको निलो झोलाबाट ट्रामाडोल हाइड्रोक्लोराइड ५० मिलिग्रामका २२ पत्ता अर्थात् २ सय २० क्याप्सुल, डाइसाइक्लोमिन हाइड्रोक्लोराइड २० मिलिग्रामका २० पत्ता अर्थात् २ सय ट्याब्लेट तथा स्पास्पेन नामक औषधिका २ पत्ता अर्थात् १९ क्याप्सुल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिएका छन् ।

     

    images
    प्रकाशित मिति :भाद्र १ २०८३ सोमवार - १२:२०:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij