Logo

२०८३ आश्विन १८ गते आइतवार

२०८३ आश्विन १८ गते आइतवार

म्यानपावर व्यवसायी र सरकारबीच सिंहदरबारमा वार्ता जारी

म्यानपावर व्यवसायी र सरकारबीच सिंहदरबारमा वार्ता जारी


  • 1.1K
    Shares

    म्यानपावर व्यवसायी र सरकारबीच सिंहदरबारमा वार्ता जारी
    images

    काठमाडौं । म्यानपावर व्यवसायीहरूले आजदेखि कार्यालय बन्द गरेका छन्। सरकारसँग अघि सारेका मागहरू सुनुवाइ नभएको भन्दै व्यवसायीहरूले आजदेखि श्रमिकहरूलाई वैदेशिक रोजगारीमा पठाउन बन्द गरेका हुन्। 

    वैदेशिक रोजगारीमा जाने श्रमिकहरूले म्यानपावरलाई दिनुपर्ने सेवा शुल्क तोकिनुपर्ने, विद्यमान नीति नियम तथा कानुनमा संशोधन गरिनुपर्ने, वैदेशिक रोजगार विभागले गरेको कारबाही फिर्ता लिनुपर्ने लगायतका १५ बुँदे माग उनीहरूले अघि सारेका छन्।

    यसअघि व्यवसायीले आन्दोलन अन्तर्गत वैदेशिक रोजगार विभागबाट प्रदान गरिने सेवा तथा सुविधा नलिने घोषणा गरेका थिए। आजदेखि आफ्ना कार्यालय बन्द गरेर श्रमिकलाई विदेश पठाउन समेत रोकेका हुन्।

    आन्दोलनमा रहेका व्यवसायीसँग सरकारले वार्ता पनि गरिरहेको छ। नेपाल वैदेशिक रोजगार व्यवसायी संघको नेतृत्वको टोलीसँग युवा, श्रम तथा रोजगार मन्त्रालयका अधिकारीहरूले वार्ता गरिरहेका छन् । संघका अध्यक्ष डिक बहादुर खत्रीका अनुसार सिंहदरबारमा विहान ७ बजेदेखि वार्ता जारी छ। वार्ता सकारात्मक ढंगबाट अगाडि बढिरहेको र आजै निष्कर्ष निकाल्नेगरी अघि बढ्ने तयारी दुवै पक्षको छ।

    संघले ७ साउनमा व्यवसायीहरूको विशेष भेला आयोजना गरेर सरकारलाई १५ बुँदे माग अघि सारेको थियो । यसअघि शुक्रबार समेत श्रम मन्त्रालयसँग प्रारम्भिक चरणको छलफल भएको थियो ।

     

    प्रकाशित मिति :भाद्र १ २०८३ सोमवार - १२:०८:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij