Logo

२०८३ भाद्र ४ गते बिहिवार

२०८३ भाद्र ४ गते बिहिवार

मोरङ कारागारमा कैदीबन्दीको प्रदर्शन, खानतलासीको विरोधमा छतमा बसे

मोरङ कारागारमा कैदीबन्दीको प्रदर्शन, खानतलासीको विरोधमा छतमा बसे


  • 736
    Shares

    मोरङ कारागारमा कैदीबन्दीको प्रदर्शन, खानतलासीको विरोधमा छतमा बसे
    images

    काठमाडौं । जिल्ला कारागार मोरङका कैदीबन्दीले प्रदर्शन गरेका छन्। प्रहरीले कारागारभित्र खानतलासी सुरु गरेपछि कैदीबन्दीले छतमा बसेर प्रदर्शन गरेका हुन्।

    विराटनगर महानगरपालिका–८ स्थित जिल्ला कारागार मोरङमा सोमबार बिहान करिब ५ बजेदेखि प्रहरीले खानतलासी सुरु गरेको थियो। खानतलासीका क्रममा ब्लक ‘बी’ का कैदीबन्दीले प्रहरी टोलीलाई अवरोध गर्दै प्रदर्शन गरेका हुन्।

    कारागारमा मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेल, जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी कवित कटवालसहितको टोली पुगेको छ।

    प्रशासनले कारागारभित्र खानतलासीसँगै विवादास्पद छवि भएका अभिषेक गिरीका सहयोगीलाई अन्यत्र स्थानान्तरण गर्ने तयारी गरेको थियो। सोही क्रममा प्रहरीले खानतलासी सुरु गरेपछि कैदीबन्दी आक्रोशित भएका हुन्।

    कैदीबन्दीले प्रशासनले आफूहरूलाई पटक–पटक दुःख दिने गरेको आरोप लगाउँदै प्रदर्शन गरेका छन्। घटनाबारे थप विवरण आउन बाँकी छ।

    images
    प्रकाशित मिति :भाद्र १ २०८३ सोमवार - १०:४२:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij