Logo

२०८३ आश्विन १८ गते आइतवार

२०८३ आश्विन १८ गते आइतवार

कुटपिटबाट औषधी व्यवसायीको मृत्यु, पाँच जना पक्राउ

कुटपिटबाट औषधी व्यवसायीको मृत्यु, पाँच जना पक्राउ


  • 1.3K
    Shares

    कुटपिटबाट औषधी व्यवसायीको मृत्यु, पाँच जना पक्राउ
    images

    काठमाडौं । जाजरकोटमा कुटपिट गरी एक व्यक्तिको हत्या गरेको अभियोगमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। 

    जिल्ला प्रहरी कार्यालय जाजरकोटले जारी गरेको प्रेस विज्ञप्तिअनुसार कुटपिटबाट गम्भीर घाइते भएका दैलेख नारायण नगरपालिका घर भई जाजरकोट भेरी नगरपालिका-११ जगतिपुरमा औषधी पसल गरी बस्ने ३२ वर्षीय दीपक कुमार थापाको उपचारका क्रममा मृत्यु भएको हो।

    गत साउन २५ गते बेलुका भेरी नगरपालिका-१० नुवागाउँस्थित स्थानमा थापालाई भेरी नगरपालिका-८ बस्ने ३३ वर्षीय बिरेन्द्र खत्रीसहितको समूहले हातमुक्का प्रयोग गरी कुटपिट गरेको थियो। कुटपिटबाट घाइते भएका थापालाई उपचारका लागि मिसन अस्पताल चौरजहारी रुकुम पश्चिम लगिएको थियो। 

    त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज केयर सिटी अस्पताल लगिएकामा उपचारकै क्रममा साउन २८ गते बिहान उनको मृत्यु भएको प्रहरीले जनाएको छ। उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ३३ वर्षीय बिरेन्द्र खत्री, २१ वर्षीय निरज रोकाय, २१ वर्षीय शिशिर योगी गोसाई, २४ वर्षीय लक्ष्मण रोकाय र २८ वर्षीय बिनोद गोसाईलाई साउन २९ गते पक्राउ गरेको छ। 

    पक्राउ परेका व्यक्तिहरूलाई जाजरकोट जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दा शीर्षकमा पहिलो पटक १० दिनको म्याद थप अनुमति लिई अनुसन्धान कार्य भइरहेको सूचना अधिकारी प्रहरी निरीक्षक सुधिर कुमार खड्काले जानकारी दिएका छन्।

     

    प्रकाशित मिति :भाद्र १ २०८३ सोमवार - १०:३०:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij