Logo

२०८३ भाद्र ४ गते बिहिवार

२०८३ भाद्र ४ गते बिहिवार

नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठको निधन

नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठको निधन


  • 1.2K
    Shares

    नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठको   निधन
    images

     काठमाडौं ।  नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठको निधन भएको छ। 

    गएराति ९३ वर्षको उमेरमा श्रेष्ठको निधन भएको नेपाल भाषा एकेडेमीका चान्सलर मल्ल के सुन्दरले जानकारी दिएका छन्।

    कवि श्रेष्ठको बुढानीलकण्ठस्थित घरमै निधन भएको हो। पछिल्लो ६ दशकदेखि लगातार साहित्य सिर्जनामा लागेका श्रेष्ठले नेपाल भाषासहित नेपालीमा पनि कविता, गीतसहित अन्य विधामा पनि कलम चलाएका छन्।

    नेपाल भाषा परिषद्ले दुई दशक अगाडि उनलाई जनकविको उपाधिबाट सम्मानित गरेको थियो। नेपाल भाषामा उनका एक दर्जनभन्दा धेरै कृति प्रकाशित छन्।

    वरिष्ठ कलाकार हरिवंश आचार्यले श्रेष्ठको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन्। 

     

    images
    प्रकाशित मिति :भाद्र १ २०८३ सोमवार - १०:१६:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij