Logo

२०८३ भाद्र ४ गते बिहिवार

२०८३ भाद्र ४ गते बिहिवार

पत्रकार किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरण निवेदन आज सुवेदी र ढकालको संयुक्त इजलासमा

पत्रकार किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरण निवेदन आज सुवेदी र ढकालको संयुक्त इजलासमा


  • 554
    Shares

    पत्रकार किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरण निवेदन आज सुवेदी र ढकालको संयुक्त इजलासमा
    images

     काठमाडौं । वैयक्तिक गोपनीयता हननको अभियोगमा हिरासतमा रहेका जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरण निवेदन आज (सोमबार) सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा पेसी तोकिएको छ। 

    यसअघि साउन २९ गते न्यायाधीश ढकालको एकल इजलासले पत्रकार श्रेष्ठ र उनका बरामद सामानसहित भदौ १ गते आज अदालत उपस्थित हुन आदेश दिएको थियो। 

    ‘यसमा के कसो भएको हो? निवेदकको मागबमोजिम आदेश किन जारी हुन नपर्ने हो? आदेश जारी हुनु नपर्ने भए सोको आधार र कारणसहित मिति २०८३।५।१ गते १० बजेभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत सशरीर बन्दीसहित लिखित जवाफ पेस गर्नु भनी प्रस्तुत आदेश र रिट निवेदनको एक-एकप्रति नक्कलसमेत साथै राखी विपक्षीहरूका नाममा सूचना म्याद जारी गरी म्यादभित्र लिखित जवाफ परे वा अवधि व्यतीत भएपछि नियमानुसार पेस गर्नुहोला’, ढकालको इजलासले भनेको थियो, ‘साथै उक्त मिति २०८३।५।१ गतेका दिन इजलाससमक्ष देखाई फिर्ता लैजाने गरी निज बन्दीका विरुद्ध पेस भएको जाहेरी दरखास्तसहितको अनुसन्धानको फाइल र निजको घर तथा कार्यालयबाट बरामद भएको सीपीयू, ल्यापटप, आइप्याड र मोबाइलसमेत लिई उपस्थित हुनुहोला।’

    वैयक्तिक गोपनीयता हननसम्बन्धी कसुरमा पत्रकार श्रेष्ठलाई प्रहरीले बुधबार राति ललितपुरस्थित उनकै घरबाट पक्राउ गरेको हो। गैरकानुनी थुनामा राखिएको दाबी गर्दै पत्रकार श्रेष्ठकी पत्नी सरस्वती श्रेष्ठले बिहीबार सर्वोच्चमा रिट दर्ता गराएकी थिइन्। 

    सरस्वतीका अनुसार प्रहरीले दोस्रोपटक बिहीबार पनि आफ्नो घरमा खानतलासी गरेर सीसी क्यामराको डिभाइस स्टोरेज लगेको छ। यसअघि श्रेष्ठलाई पक्राउ गरेको दिन बुधबार बेलुका पनि प्रहरीले उनको घर र जनआस्थाको कार्यालयबाट कम्प्युटरलगायत महत्त्वपूर्ण उपकरण लगेको छ। 

    images
    प्रकाशित मिति :भाद्र १ २०८३ सोमवार - १०:१२:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij