Logo

२०८३ भाद्र ४ गते बिहिवार

२०८३ भाद्र ४ गते बिहिवार

आजदेखि देशभरिका म्यानपावर कार्यालयहरू बन्द

आजदेखि देशभरिका म्यानपावर कार्यालयहरू बन्द


  • 1.0K
    Shares

    आजदेखि देशभरिका म्यानपावर कार्यालयहरू बन्द
    images

     काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आजदेखि देशभरिका म्यानपावरहरू बन्द गर्ने भएका छन् ।

    सरकारलाई दिएको अल्टिमेटममा सहमति हुन नसकेपछि म्यानपावर व्यवसायीहरूले आजदेखि श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउन बन्द गर्ने भएका हुन् ।

    नेपाल वैदेशिक रोजगार व्यवसायी संघले सेवा शुल्क परिमार्जन लगायत १५ बुँदे माग अघि सारेको छ । ती माग सम्बोधन नभएको भन्दै व्यवसायीहरूले देशभरिका म्यानपावर कार्यालय बन्द गर्ने भएका हुन् ।

    संघका अध्यक्ष डिकबहादुर खत्रीले वार्ता र आन्दोलनका कार्यक्रमलाई सँगसँगै अगाडि बढाएको बताउँछन् । अध्यक्ष खत्रीले भने, ‘युवा, श्रम तथा रोजगार मन्त्रालयमा छलफलका लागि अहिले हामी जाँदैछौं ।’

    शुक्रबार पनि मन्त्रालयसँग प्रारम्भिक चरणको छलफल भएको थियो । छलफलमा व्यवसायीले अघि सारेका मागका विषयमा ब्रिफिङ गरेका थिए भने आफ्नो धारणा समेत राखेका थिए । त्यस्तै मन्त्रालयका तर्फबाट भइरहेको प्रगति तथा कार्य विवरणका विषयमा मन्त्रालयका अधिकारीहरूले धारणा राखेका थिए ।

    संघले ७ साउनमा व्यवसायीहरूको विशेष भेला आयोजना गरेर सरकारलाई १५ बुँदे माग अघि सारेको थियो । जसमा वैदेशिक रोजगारीमा जाने श्रमिकले म्यानपावर व्यवसायीलाई दिनुपर्ने सेवा शुल्क निर्धारण गरिनुपर्ने, वैदेशिक रोजगार विभागले गरेको कारबाही फिर्ता लिनुपर्ने लगायत माग छन् ।

    images
    प्रकाशित मिति :भाद्र १ २०८३ सोमवार - ०८:५२:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij