Logo

२०८३ आश्विन १९ गते सोमवार

२०८३ आश्विन १९ गते सोमवार

आयल निगमले निकाल्यो मूल्य यथावत् रहेको सूचना, १५ दिनमा ८१ करोड ३५ लाख घाटा

आयल निगमले निकाल्यो मूल्य यथावत् रहेको सूचना, १५ दिनमा ८१ करोड ३५ लाख घाटा


  • 848
    Shares

    आयल निगमले निकाल्यो मूल्य यथावत् रहेको सूचना, १५ दिनमा ८१ करोड ३५ लाख घाटा
    images

    काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको छ । निगम सञ्चालक समितिको आइतबार (साउन ३१) को निर्णयअनुसार सोमबार (भदौ १) देखि लागु हुनेगरी साविकको खुद्रा बिक्री मूल्यलाई नै यथावत् राखेको जनाएको छ । 

    पेट्रोलियम पदार्थको मूल्य यथावत् राख्दा पनि निगमलाई पाक्षिक रूपमा ८१ करोड ३५ लाख घाटा हुने जनाएको छ । निगमले गएको साउन १८ गतेदेखि लागु हुने गरी पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य बढाएको थियो । 

    निगमका अनुसार, पेट्रोल पहिलो वर्गका लागि प्रतिलिटर १९७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १९९ रुपैयाँ र तेस्रो वर्गका लागि २०० रुपैयाँ कायम छ । त्यस्तै, डिजेल/मट्टीतेल पहिलो वर्गका लागि प्रतिलिटर १९७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १९९ रुपैयाँ र तेस्रो वर्गका लागि २०० रुपैयाँ तोकिएको छ । 

    निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जलाई पहिलो, सुर्खेत र दाङलाई दोस्रो र काठमाडौं, पोखरा र दीपायल डिपोलाई तेस्रो वर्गमा राखेको छ ।

    प्रकाशित मिति :भाद्र १ २०८३ सोमवार - ०६:४०:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij