Logo

२०८३ आश्विन १८ गते आइतवार

२०८३ आश्विन १८ गते आइतवार

वीपीलाई आफू अनुकुल प्रयोग गर्ने प्रवृत्ति बढ्दो छः गगन थापा

वीपीलाई आफू अनुकुल प्रयोग गर्ने प्रवृत्ति बढ्दो छः गगन थापा


  • 1.1K
    Shares

    वीपीलाई आफू अनुकुल प्रयोग गर्ने प्रवृत्ति बढ्दो छः गगन थापा
    images

    काठमाडौं । नेपाली काँग्रेसका सभापति गगन थापाले पछिल्लो समय वीपी कोईरालाका विचारलाई आफू अनुकुल व्याख्या गर्ने प्रवृत्ति बढेको बताएका छन्। आईतवार धर्म गौतमद्वारा प्रकाशित पुस्तक विमोचन कार्यक्रममा उनले वीपी कोईरालाको सम्पूर्ण राजनीतिक जीवन, विचार र मूल्यलाई नहेरी आफूलाई आवश्यक परेको सन्दर्भमा मात्रै बीपीको नाम प्रयोग गर्ने प्रवृत्ति काँग्रेसभित्र देखिएको बताएका हुन् । 

    पछिल्लो समय काँग्रेसका नेताहरूले आफ्नो राजनीतिक आवश्यकता पूरा गर्न ‘राष्ट्रिय मेलमिलाप’को प्रसंगमा वीपी कोईरालालाई सम्झने गरेको टिप्पणी गरेका छन् । काँग्रेस ईतरपक्षलाई लक्षित गर्दै उनले नेताहरुले आफ्ना राजनीतिक निर्णय आँफै गर्न नसकेर वीपीको नामको सहारा खोजेको आरोप लगाएका छन् । आफूलाई जहाँ चाहिन्छ, त्यहाँ वीपी कोईरालालाई प्रयोग गर्ने प्रवृत्तिले वीपीको वास्तविक विचारलाई कमजोर बनाउने उनको भनाई छ ।

    बीपी कोईराला र गणेशमान सिंहलाई कुनै परिवार वा सिमित समूहभित्र मात्र सिमित गर्न नहुने उनले बताएका छन् । वीपीको आह्वानमा आफ्नो परिवार र व्यक्तिगत जीवन त्यागेर राजनीतिक आन्दोलनमा होमिएका पुरानो पुस्ताका अभियन्ताहरूले लेख्ने पुस्तक, दिने अभिव्यक्ति र सुनाउने अनुभवले वीपीको वास्तविक विचार र राजनीतिक यात्रालाई बुझ्न महत्वपूर्ण भुमिका खेल्ने उनले बताएका छन् ।

    उनले भने, पछिल्लो समयको हाम्रो परम्परा के रह्यो भने आफुलाई जहाँ निर चाहिन्छ, बीपी कोइरालालाई त्यहाँ निर प्रयोग गर्ने । म अहिले पनि हेरिरहेको छु, सुनिरहेको छु, ठाउँ ठाउँमा भएका छलफलहरुमा, वीपी कोईरालाको राष्ट्रिय मेलमिलापको सन्दर्भ अहिले एकदम व्यापक आइरहेको छ । नेताहरुले फेरि रातारात वीपीलाई सम्झनुभएको छ । रातारात वीपीलाई सम्झिदा यस्तो ट्रान्ज्याक्सन यहाँ भित्रको अहिले के गर्नु परेको छ, कोसँग मिलाउनु परेको छ, कोसँग कानेखुसी गर्नु परेको छ, फेरि हिम्मत छैन फेरि, आफैँ आएर भन्ने । म यसो गर्छु भन्ने हिम्मत छैन । त्यो हिम्मत नभएपछि के हुन्छ भने कसलाई सम्झने भन्दा बीपीलाई सम्झने । वीपी त आउनुहुन्न अब बुझाउन, त्यसैले यो बेलामा को आइदिनुपर्छ अगाडि रु   

    प्रकाशित मिति :श्रावण ३१ २०८३ आइतवार - १७:१५:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij