Logo

२०८३ भाद्र ४ गते बिहिवार

२०८३ भाद्र ४ गते बिहिवार

फेक शासनविरुद्ध निर्णायक आन्दोलन गर्ने जेनजी अगुवाहरूको घोषणा

फेक शासनविरुद्ध निर्णायक आन्दोलन गर्ने जेनजी अगुवाहरूको घोषणा


  • 806
    Shares

    फेक शासनविरुद्ध निर्णायक आन्दोलन गर्ने जेनजी अगुवाहरूको घोषणा
    images

    काठमाडौं । देशलाई सङ्कटबाट जोगाउन फेक शासनविरुद्ध निर्णायक आन्दोलन आवश्यक रहेको निष्कर्षसहित जेनजी अगुवाहरूले काठमाडौंमा पत्रकार सम्मेलन गरी आन्दोलन पुनर्गठनको घोषणा गरेका छन्। 

    आइतबार राजधानीको संवाद डबलीमा ‘कमन जेनजी नेपाल’ द्वारा आयोजित कार्यक्रममा वक्ताहरूले जेनजी आन्दोलनको गम्भीर समीक्षा गर्दै राज्यको भूमिकाको कडा आलोचना गरेका छन्।

    राज्यले युवा पुस्ताको धैर्यतालाई कमजोरीका रूपमा बुझेको ठहर गर्दै अभियन्ताहरूले आगामी भदौ २३ गते खबरदारी र्‍यालीसहित सरकारलाई ज्ञापनपत्र बुझाउने घोषणा गरेका छन्। 

    कमन जेनजी नेपालका अध्यक्ष विकेश साहले आन्दोलनका पीडितलाई न्याय दिलाउन सरकारलाई ज्ञापनपत्र बुझाउन लागिएको जानकारी दिए।

    पत्रकार सम्मेलनमा रवि किरण हमाल, सौरभ भण्डारी, कृष्ण मोहन सहनी, दिपेन्द्र विक, अमृत बोहरा, अभिनव वाग्ले, उज्ज्वल शर्मा, रोनिश साह लगायतका जेनजी अगुवाहरूको सहभागिता रहेको थियो। 

    साहले जेनजी आन्दोलनसम्बन्धी छानबिन आयोगको प्रतिवेदन अनुसार दोषीलाई कारबाही गर्न प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकार असफल भएको टिप्पणी गरे।

    सम्झौताका नाममा आन्दोलनमाथि घात गरिएको र माग सम्बोधन नगरिएको भन्दै उनले हिजोका दिनमा आन्दोलन र राज्यको नेतृत्व गर्नेहरूसँग प्रश्न गर्ने समय आएको बताए।

    राज्यप्रति जनताको अविश्वास बढ्दै गएको उल्लेख गर्दै उनले देशको अस्तित्व जोगाउन र आमूल परिवर्तनका लागि सबै पक्षसँग सहयोगको अपिल गरे। भदौ २३ गते बुझाइने ज्ञापनपत्र पछि पनि सरकारले माग सम्बोधन नगरे दोस्रो जेनजी आन्दोलन गर्न बाध्य हुने उनले चेतावनी दिएका छन्।

    images
    प्रकाशित मिति :श्रावण ३१ २०८३ आइतवार - १६:००:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij