Logo

२०८३ भाद्र ४ गते बिहिवार

२०८३ भाद्र ४ गते बिहिवार

उपत्यकाका सात ग्यास बिक्री केन्द्रमा उपभोक्ताको भीड

उपत्यकाका सात ग्यास बिक्री केन्द्रमा उपभोक्ताको भीड


  • 729
    Shares

    उपत्यकाका सात ग्यास बिक्री केन्द्रमा उपभोक्ताको भीड
    images

    काठमाडौं । काठमाडौं उपत्यकामा खाना पकाउने ग्यासको समस्या समाधान गर्न नेपाल आयल निगमले विशेष बिक्री व्यवस्था गरेपछि तोकिएका बिक्री केन्द्रहरूमा उपभोक्ताको ठूलो भीड लागेको छ ।

    आइतबार बिहानैदेखि निगमको टेकु परिसर लगायतका स्थानमा ग्यास लिन पुगेका उपभोक्ताहरूको लामो लाइन देखिएको छ ।

    नेपाल आयल निगम र जिल्ला प्रशासन कार्यालय काठमाडौंको समन्वयमा ग्यास उद्योगीहरूमार्फत उपत्यकाका विभिन्न सात स्थानबाट ग्यास बिक्रीवितरणको व्यवस्था मिलाइएको हो । नियमित विक्रेताबाट ग्यास पाउन नसकेका र अत्यावश्यक उपभोक्तालाई लक्षित गरी यस्तो व्यवस्था गरिएको निगमले जनाएको छ ।

    निगमका अनुसार बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म तोकिएका केन्द्रबाट ग्यास खरिद गर्न सकिनेछ । ग्यास खरिद गर्न उपभोक्ताले अनिवार्य रूपमा नागरिकता वा राष्ट्रिय परिचयपत्र साथमा ल्याउनुपर्ने व्यवस्था गरिएको छ ।

    टेकुस्थित नेपाल आयल निगम परिसरबाट नेपाल, एचपी, एभरेस्टरसुगम, श्रीराम र सागर ब्रान्डका ग्यास बिक्री भइरहेको छ । यस्तै बूढानीलकण्ठको चपलीस्थित पशु सेवा शाखाबाट नेपाल, एचपी र भानु ब्रान्डका ग्यास उपलब्ध गराइएको छ ।

    कीर्तिपुर परिसरको राधास्वामीबाट नेपाल, एचपी, एभरेस्टरसुगम, श्रीकृष्ण, साइबाबा र श्रीमाया ब्रान्डका ग्यास वितरण भइरहेको निगमले जनाएको छ ।

    त्यसैगरी नयाँ बजारस्थित जुडो हल परिसरबाट नेपाल, एचपी र ओम ब्रान्ड, तारकेश्वर नगरपालिका परिसरबाट नेपाल र एचपी ब्रान्ड, चन्द्रागिरि नगरपालिका कार्यालयबाट लोकप्रिय, नेपाल, एचपी र श्रीमाया ब्रान्ड तथा ठिमीस्थित राष्ट्रिय क्षयरोग केन्द्रबाट नेपाल, एचपी, सूर्य, सागर, एभरेस्टरसुगम र एसटीसी ब्रान्डका ग्यास बिक्री भइरहेको छ ।

    निगमले उपभोक्तालाई आवश्यक प्रमाणसहित तोकिएका बिक्री केन्द्रबाट मात्र ग्यास खरिद गर्न आग्रह गरेको छ ।

    images
    प्रकाशित मिति :श्रावण ३१ २०८३ आइतवार - १४:४६:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij