Logo

२०८३ आश्विन १९ गते सोमवार

२०८३ आश्विन १९ गते सोमवार

भारतीय प्रधानसेनापति आज नेपाल आउँदै

भारतीय प्रधानसेनापति आज नेपाल आउँदै


  • 995
    Shares

    भारतीय प्रधानसेनापति आज नेपाल आउँदै
    images

    काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतका प्रधानसेनापति धीरज सेठ नेपाल आज नेपाल आउँदै छन्। चारदिने भ्रमणका लागि सेठ आइतबार अपराह्न काठमाडौं आउन लागेका हुन्।

    सोमबार राष्ट्रपति कार्यालयमा आयोजना हुने विशेष समारोहमा राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति रामचन्द्र पौडेलले प्रधानसेनापति सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिह्न प्रधान गर्ने कार्यक्रम रहेको नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले जानकारी दिएका छन्।

    भोलि नै प्रधानसेनापतिद्वयबीच जङ्गी अड्डामा द्विपक्षीय वार्ता हुने कार्यक्रम छ।  नेपाल र भारतबीचको सैन्य सम्बन्ध लामो समयदेखि कायम रहेको घनिष्ठ र ऐतिहासिक सम्बन्धमध्ये एक हो। दुवै देशका सेनाबीच उच्चस्तरीय भ्रमण, संयुक्त सैन्य अभ्यास, तालिम तथा अनुभव आदानप्रदान हुँदै आएको छ। 

    प्रकाशित मिति :श्रावण ३१ २०८३ आइतवार - १३:४५:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij