Logo

२०८३ भाद्र ४ गते बिहिवार

२०८३ भाद्र ४ गते बिहिवार

आइतबार निगमले काठमाडौंका ७ स्थानबाट ग्यास बिक्री गर्ने, कुन ग्यास लिन कहाँ जाने ?

आइतबार निगमले काठमाडौंका ७ स्थानबाट ग्यास बिक्री गर्ने, कुन ग्यास लिन कहाँ जाने ?


  • 1.3K
    Shares

    आइतबार निगमले काठमाडौंका ७ स्थानबाट ग्यास बिक्री गर्ने, कुन ग्यास लिन कहाँ जाने ?
    images

    काठमाडौं। नेपाल आयल निगमले आइतबार ग्यास वितरणका लागि सात विक्री केन्द्र तोकेको छ ।

    सात विक्री केन्द्रबाट विभिन्न ब्रान्डका ग्यास निगमले विक्री गर्ने छ । निगमको सूचना अनुसार टेकु परिसरमा नेपाल, एचपी, एभरेष्ट, सुगम, श्रीराम र सगर ग्यास वितरण हुने छ ।

    पशु सेवा शाखा चपली बुढानीलकण्ठमा नेपाल, एचपी र भानु उपलब्ध हुनेछ । यस्तै,राधास्वामी, कीर्तिपुरमा नेपाल, एचपी, एभरेष्ट, सुगम, श्रीकृष्ण, साइबाबा र श्रीमाया विक्री हुनेछ । नयाँ बजार जुडो हल परिसरबाट नेपाल, एचपी र ओम ग्यास वितरण हुनेछ।

    यस्तै, तारकेश्वर नगरपालिका परिसरबाट नेपाल र एचपी ग्यास वितरण हुने निगमले जनाएको छ । चन्द्रागिरी नगरपालिकाबाट लोकप्रिय, नेपाल, एचपी र श्रीमाया वितरण हुनेछ भने राष्ट्रिय क्षयरोग केन्द्र ठिमीबाट नेपाल, एचपी, सूर्य, सगर, एभरेष्ट/सुगम र एसटीसी विक्री हुने निगमले जनाएको छ ।

    निगमले नागरिकता वा राष्ट्रिय परिचयपत्रसहित ग्यास विक्री केन्द्रमा आउन उपभोक्तालाई आग्रह गरेको छ ।

    images
    प्रकाशित मिति :श्रावण ३० २०८३ शनिवार - २१:४३:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij