Logo

२०८३ भाद्र ४ गते बिहिवार

२०८३ भाद्र ४ गते बिहिवार

नेपाल टेलिकमको खुद मुनाफा ४७.५८ प्रतिशतले वृद्धि

नेपाल टेलिकमको खुद मुनाफा ४७.५८ प्रतिशतले वृद्धि


  • 1.2K
    Shares

    नेपाल टेलिकमको खुद मुनाफा ४७.५८ प्रतिशतले वृद्धि
    images

    काठमाडौं । नेपाल टेलिकमले गत आर्थिक वर्षमा आठ अर्ब ६८ करोड ४६ लाख मुनाफा कमाएको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणले अघिल्लो आर्थिक वर्षको तुलनामा खुद मुनाफा ४७.५८ प्रतिशतले वृद्धि भएको देखाएको हो । 

    आव २०८१/८२ को चौथो त्रैमासिकसम्म कम्पनीको खुद मुनाफा  छ अर्ब ६७ लाख थियो । एक वर्षको अवधिमा कम्पनीको खुद मुनाफामा  दुई अर्ब ८५ करोड ७९ लाखले वृद्धि भएको हो । कम्पनीका अनुसार समीक्षा अवधिमा करअघिको मुनाफा पनि उल्लेख्य बढेको छ । 

    गत आवको चौथो त्रैमासिकसम्म करअघिको मुनाफा रु १३ अर्ब २६ करोड ४७ लाख पुगेकामा अघिल्लो आवको सोही अवधिमा यस्तो मुनाफा  नौ अर्ब ८५ करोड दुई लाख थियो । यस आधारमा करअघिको मुनाफा ३४ दशमलव ६६ प्रतिशतले बढेको हो ।

    त्यस्तै, कम्पनीको ब्याज, कर, ह्रासकट्टी तथा अमोर्टाइजेसनअघिको आम्दानी रु २० अर्ब ४८ करोड एक लाख पुगेको छ भने अघिल्लो आवको सोही अवधिमा रु १८ अर्ब ४९ करोड ६० लाख आम्दानी भएको थियो । तुलनात्मक रूपमा यो १० दशमलव ७३ प्रतिशतले बढेको कम्पनीले जनाएको छ ।

    नेपाल टेलिकमको कुल सञ्चालन आय समीक्षा अवधिमा  ३४ अर्ब ९५ करोड चार लाख पुगेको छ । अघिल्लो आवको चौथो त्रैमासिकसम्म यस्तो आय  ३३ अर्ब ८९ करोड ४५ लाख थियो । अघिल्लो वर्षको तुलनामा गत आवमा सञ्चालन आय रु एक अर्ब पाँच करोड ५९ लाख अर्थात् तीन दशमलव १२ प्रतिशतले बढेको हो । रासस

    कम्पनीले आगामी दिनमा सेवा गुणस्तर सुधार, नयाँ प्रविधिको विस्तार र दुर्गम क्षेत्रमा दूरसञ्चार पहुँच विस्तारलाई प्राथमिकतामा राख्दै जाने जनाएको छ । 

    images
    प्रकाशित मिति :श्रावण ३० २०८३ शनिवार - १९:४६:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij