Logo

२०८३ आश्विन १३ गते मंगलवार

२०८३ आश्विन १३ गते मंगलवार

सुदूरपश्चिम प्रदेशको नयाँ मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त

सुदूरपश्चिम प्रदेशको नयाँ मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त


  • 1.4K
    Shares

    सुदूरपश्चिम प्रदेशको नयाँ मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त
    images

    काठमाडौं । सुदूरपश्चिम प्रदेशको नयाँ मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संसदीय दलका नेता खगराज भट्ट नियुक्त भएका छन्।

    निवर्तमान मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार साँझ पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख नजिर मियाँले नयाँ सरकार गठनका लागि आज शुक्रबार बिहान ११ बजेसम्मको समयसीमा तोकेर आह्वान गरेका थिए। सोही बमोजिम भट्टले प्रमुख सत्ता साझेदार दल नेकपा एमालेको समर्थनसहित प्रदेश प्रमुखको कार्यालयमा आफ्नो दाबी पेस गरेका थिए। 

    आवश्यक बहुमत सदस्यहरूको समर्थनसहित दाबी पेस हुनासाथ प्रदेश प्रमुख नजिर मियाँले भट्टलाई सुदूरपश्चिम प्रदेशको पाँचौँ मुख्यमन्त्रीका रूपमा नियुक्त गरेका हुन्।

    प्रदेश प्रमुख मियाँले आजै भट्टलाई मुख्यमन्त्रीमा नियुक्त गर्ने तयारी छ । नेकपाका एक सांसदकाअनुसार नियुक्त भएपछि आजै दिउँसो ३ बजे शपथ ग्रहणको कार्यक्रम तय गरिएको छ ।

    प्रकाशित मिति :श्रावण २९ २०८३ शुक्रवार - ११:३९:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij