Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

दक्षिण कोरियाको इन्चोन विमानस्थल विश्वकै सबैभन्दा व्यस्त

दक्षिण कोरियाको इन्चोन विमानस्थल विश्वकै सबैभन्दा व्यस्त


  • 393
    Shares

    दक्षिण कोरियाको इन्चोन विमानस्थल विश्वकै सबैभन्दा व्यस्त
    images

    काठमाडौं । दक्षिण कोरियाको इन्चोन अन्तर्राष्ट्रिय विमानस्थल विश्वकै सबैभन्दा व्यस्त विमानस्थल बनेको छ । यात्रु आवागमनका आधारमा पहिलो पटक इन्चोन विमानस्थल विश्वकै सबैभन्दा व्यस्त विमानस्थल बनेको हो ।

    एयरपोर्ट काउन्सिल इन्टरनेसनल (एसीआई) को प्रारम्भिक तथ्यांकअनुसार सन् २०२६ को पहिलो ६ महिनामा इन्चोन विमानस्थलबाट ३ करोड ८४ लाख यात्रुले यात्रा गरेका छन् । सोही अवधिमा हिथ्रो विमानस्थलबाट ३ करोड ७७ लाख ९० हजार यात्रुले यात्रा गरेका छन् । तेस्रो स्थानमा सिंगापुरको चाङ्गी विमानस्थल रहेको छ । समीक्षा अवधिमा यो विमानस्थल भएर ३ करोड ४५ लाख ३० हजार यात्रुले यात्रा गरेका छन् ।

    पश्चिम एसियामा अमेरिका र इरानबिचको द्वन्द्वका कारण त्यहाँका प्रमुख हवाई केन्द्रबाट यात्रुहरू अन्य मार्गतर्फ मोडिँदा यात्रु सङ्ख्या बढेको इन्चोन विमानस्थलले जनाएको छ । यसअघि युरोप जाने क्रममा दुबई हुँदै यात्रा गर्ने केही यात्रुले पनि अहिले इन्चोनलाई ट्रान्जिट केन्द्रका रूपमा प्रयोग गर्न थालेका छन् ।

    गत वर्षको सोही अवधिको तुलनामा इन्चोनका ट्रान्जिट यात्रुको सङ्ख्या १८ प्रतिशतले बढेको छ । युरोपलाई अन्तिम गन्तव्य बनाएका ट्रान्जिट यात्रु ६३.२ प्रतिशतले बढेर २ लाख १० हजार पुगेका छन् । 

    यसको तुलनामा हङकङ अन्तर्राष्ट्रिय विमानस्थलले १३९, सांघाई पुडोङले ९२ र टोकियो नारिताले ८६ अन्तर्राष्ट्रिय गन्तव्यमा सेवा दिइरहेका छन् । 

     

    images
    प्रकाशित मिति :श्रावण २८ २०८३ बिहिवार - १३:३३:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij