Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

सिटिजन लाइफको ३ करोड बढी शेयरको लकइन अवधि सकिँदै

सिटिजन लाइफको ३ करोड बढी शेयरको लकइन अवधि सकिँदै


  • 582
    Shares

    सिटिजन लाइफको ३ करोड बढी शेयरको लकइन अवधि सकिँदै
    images

    काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको ३ करोड ५७ लाख बढी कित्ता शेयरको लकइन अवधि सकिने भएको छ।

    कम्पनीले आज एक सूचना जारी गर्दै भदौ २७ गतेबाट ३ करोड ५७ लाख ५० हजार कित्ता शेयरको लकइन अवधि सकिने जानकारी गराएको हो। जसमा संस्थापक शेयरधनीको ३ करोड ५० लाख कित्ता र कम्पनीका कर्मचारीहरुको ७ लाख ५० हजार कित्ता रहेको छ।

    कुनै पनि कम्पनीको आइपीओ बाँडफाँड भएको मितिले ३ वर्षसम्म संस्थापक र कर्मचारीको शेयर लकइनमा राख्नुपर्ने प्रावधान रहेको छ। यद्यपि, लकइन अवधि सकिए पनि सञ्चालक र कम्पनीको उच्च व्यवस्थापकीय पदमा कार्यरत कर्मचारीको भने शेयर रोक्का नै रहने व्यवस्था छ।

     

    images
    प्रकाशित मिति :श्रावण २७ २०८३ बुधवार - १४:३३:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij