Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

भाइरल ज्वरो र मौसमी रुघाखोकीका बिरामी बढे

भाइरल ज्वरो र मौसमी रुघाखोकीका बिरामी बढे


  • 484
    Shares

    भाइरल ज्वरो र मौसमी रुघाखोकीका बिरामी बढे
    images

    काठमाडौं । पछिल्लो केही दिन यता भाइरल ज्वरो र मौसमी रुघाखोकीका बिरामी बढ्न थालेका छन् । ज्वरो आउने, टाउको, हातखुट्टा दुख्ने, रुघाखोकी लाग्नेजस्ता लक्षणका बिरामी उपचारका लागि अस्पताल पुग्ने गरेका हुन् ।

    मनसुनका कारण ज्वरो र रुघाखोकी लागेर अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा पुग्ने बिरामीको सङ्ख्या बढ्दो क्रममा छ ।

    टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पछिल्लो दुई हप्तामा मात्रै ज्वरो आएर इमरजेन्सीमा पुग्नेको सङ्ख्या ८० पुगेको छ । अस्पतालका अनुसार पछिल्लो एक हप्तामा ४६ जना भाइरल ज्वरो आएर अस्पताल पुगेका थिए ।

    टेकु अस्पतालमा दैनिक एक हजार पाँच सयदेखि एक हजार ६ सय जनाले सेवा लिने गरेका छन् । अस्पतालका वरिष्ठ मेडिकल रेकडर निरीक्षक समिर अधिकारीले भने, ‘अस्पतालमा दैनिक एक हजार पाँच सयदेखि एक हजार ६ सय जना आउनुहुन्छ, जसमध्ये पछिल्लो दुई हप्तामा झन्डै ८० जना त ज्वरोका ८० जना बिरामी इमरजेन्सीमा आउनुभएको थियो ।’

    मनसुन सक्रिय भएसँगै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मौसमी रुघाखोकी, भाइरल जोरो र डेंगुका बिरामीको चाप बढेको छ । मौसमी ज्वरोका साथै दूषित खाना र पानीका कारण हुने झाडापखाला (डायरिया) तथा टाइफाइडका बिरामीहरू पनि उपचारका लागि पुग्न थालेका छन् ।

    मौसमी रुघाखोकी र डेंगुका लक्षण जुध्दा धेरै बिरामी अन्योलमा पर्ने गरेका छन् । अस्पतालका निर्देशक डा। अनुप बास्तोलाका अनुसार मौसमी रुघाखोकीमा एक्कासि घाँटी दुख्ने, ज्वरो आउने, टाउको दुख्ने र शरीर थाक्नेजस्ता लक्षण देखिन्छन् ।

    वर्षाको पानी जमेर लामखुट्टेको प्रकोप बढेसँगै फैलिने डेंगुमा भने आँखाका गेडी दुख्ने, चर्को टाउको दुख्ने, मांसपेशी र जोर्नीहरू करकरी खानेजस्ता कडा लक्षण देखिने गर्छन् । ज्वरो आउने बित्तिकै नआत्तिन र प्राथमिक उपचारका रूपमा घरमै प्यारासिटामोल खाने, झोलिलो तथा जलीय पदार्थ प्रशस्त पिउने र स्वास्थ्यकर्मीको परामर्श लिन चिकित्सकहरूको सुझाव छ ।

    ज्वरो आएका बिरामीहरूमा अत्यधिक शिथिलता आउने, खाना नरुच्ने, पेट दुख्ने, पखाला र उल्टी हुनेजस्ता जटिलता देखिएमा तुरुन्त अस्पताल पुर्‍याउनुपर्ने चिकित्सकहरू बताउँछन् ।

    images
    प्रकाशित मिति :श्रावण २७ २०८३ बुधवार - १०:४०:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij