Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

सिरियाली पूर्वराष्ट्रपति बसर अल–असदलाई मृत्युदण्डको सजाय

सिरियाली पूर्वराष्ट्रपति बसर अल–असदलाई मृत्युदण्डको सजाय


  • 491
    Shares

    सिरियाली पूर्वराष्ट्रपति बसर अल–असदलाई मृत्युदण्डको सजाय
    images

    काठमाडौं । सिरियाको एक अदालतले अपदस्थ पूर्वराष्ट्रपति बसर अल–असद र उनका भाइ माहेर अल–असदलाई सिरियामा १४ वर्ष चलेको द्वन्द्वका क्रममा मानवताविरुद्धका अपराध तथा युद्ध अपराध गरेको अभियोगमा मंगलबार मृत्युदण्डको सजाय सुनाएको छ । 

    दमास्कसस्थित चौथो फौजदारी अदालतले सुनाएको यो फैसला असद परिवारको करिब पाँच दशक लामो शासन सन् २०२४ को डिसेम्बरमा अन्त्य भएपछि असद वा उनका निकट सहयोगीविरुद्ध आएको पहिलो ठूलो न्यायिक फैसला हो ।

    अदालतको सुनुवाइ सरकारी टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिएको थियो । न्यायाधीश फखरेद्दिन अल–अर्यानले अदालतमा बसर असदले ‘युद्ध अपराध र मानवताविरुद्धका अपराध गर्न राज्यका निकायहरू प्रयोग गरेको’ बताएका थिए ।

    सोही मुद्दामा असदका मावलीतर्फका काका आतेफ नाजिबलाई पनि मृत्युदण्ड सुनाइएको छ । उनी सन् २०११ मा दक्षिणी सिरियाको दारा प्रान्तमा राजनीतिक सुरक्षा शाखाका प्रमुख थिए । उनलाई तत्कालीन सरकारविरोधी प्रदर्शन दबाउने क्रममा भएका हत्या, यातना र मनोमानी गिरफ्तारीलगायतका घटनामा जिम्मेवार ठहर गरिएको थियो ।

    नाजिबलाई कडा सुरक्षा व्यवस्थाबीच अदालतमा उपस्थित गराइएको थियो । न्यायाधीशले फैसला सुनाउँदा उनी कैदीको पोसाकमा घेराभित्र उभिएका थिए । फैसला सुन्न दमास्कसको केन्द्रीय अदालतबाहिर ठूलो संख्यामा मानिस जम्मा भएका थिए ।

     

    images
    प्रकाशित मिति :श्रावण २६ २०८३ मंगलवार - १७:१२:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij