२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । नेपाली मौलिक तीज संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यका साथ गायिका पुनम बस्यालले नयाँ तीज गीत ‘बाबाको पियारी छोरी’ ल्याएकी छन् ।
गीतले तीजको वास्तविक मर्म, माइतीको प्रेम, साथीसंगीका यादहरू र बाल्यकालका मिठा स्मृतिहरूलाई जीवन्त रूपमा प्रस्तुत गरेको छ । विशेषगरी बाबु र छोरीबिचको आत्मीय सम्बन्धलाई गीतमा मार्मिक ढंगले समेटिएको छ ।
‘बाबाको पियारी छोरी’ मा गायिका पुनम बस्यालकै शब्द, संगीत र स्वर छ । गीतलाई सुन्दर लामाले एरेन्ज गरेका हुन् । गीतको भिडियोमा चर्चित हास्य कलाकार सुरबीर पण्डितको मुख्य अभिनय छ । उनीसँगै यशु भट्टराई, सृजना तामाङ, आराध्या, हुमा भण्डारी र देवी हमालको अभिनय देख्न सकिन्छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij