Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

काठमाडौं उपत्यका ट्राफिक प्रहरीका लागि बित्तीय साक्षरता तथा लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

काठमाडौं उपत्यका ट्राफिक प्रहरीका लागि बित्तीय साक्षरता तथा लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न


  • 708
    Shares

    काठमाडौं उपत्यका ट्राफिक प्रहरीका लागि बित्तीय साक्षरता तथा लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न
    images

    काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको समन्वय तथा लक्ष्मी सन्राइज क्यापिटल र लक्ष्मी सन्राइज बैंकको आयोजनामा ट्राफिक प्रहरी कर्मचारीहरुका लागि पुँजी बजार साक्षरता तथा डिजिटल बैंकिङ्ग सुरक्षा र चुनौती सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ ।

    कार्यक्रममा, अहोरात्र खटिने ट्राफिक प्रहरीको दीर्घकालिन आर्थिक सुरक्षाका लागि धितोपत्र वजारका सम्यन्त्रहरु, लगानी गर्ने तरीका, फाइदाहरु, चुनौतीहरु लगायत सुरक्षित डिजिटल वित्तिय कारोवारका बारेमा समेत बिस्तृत रुपमा जानकारी गराइयो । वक्ताहरुले सडक अनुशासन जस्तै वित्तीय अनुशासन पनि अपरिहार्य हुने उल्लेख गर्दै महिनाको सानो वचतबाट नै सुरक्षित लगानी शुरु गर्न सकिने  बताए ।

    वचतका साथै लगानी गर्ने बानी बसालौं र समृद्ध भविश्य निर्माण गरौं भन्ने उद्देश्यले कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत संचालन गरिएको यस कार्यक्रमले हरेक सहभागिहरुमा लगानी गर्ने बानी प्रति सकारात्मक सोचको विकास गर्न प्रेरित गरिएको थियो ।
     
    समारोहमा वरिष्ठ ट्राफिक प्रहरी अधिकृतज्युहरु, आयोजक संस्थाका पदाधिकारी तथा उपत्यकामा कार्यरत ट्राफिक प्रहरीहरुको सहभागिता रहेको थियो ।

     

    images
    प्रकाशित मिति :श्रावण २६ २०८३ मंगलवार - ११:५८:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij