२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार नेपाली बजारमा सुनचाँदीकै मूल्यमा उच्च वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ६ हजार ४ सय रुपैयाँले बढेको हो।
यससँगै आज सुन प्रतितोला सुन ३ लाख ७ हजार ९ रुपैयाँ कायम भएको छ। हिजो सुन प्रतितोला ३ लाख १ हजार ५ सय रुपैयाँमा किनबेच भएको थियो।
साथै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ११० रुपैयाँले बढेको हो । यससँगै आज चाँदी तोलामा ४ हजार ७८० रुपैयाँ कायम भएको छ। हिजो चाँदी प्रतितोला ४ हजार ६७० रुपैयाँमा कारोबार भएको थियो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij