Logo

२०८३ आश्विन १३ गते मंगलवार

२०८३ आश्विन १३ गते मंगलवार

अभिनेत्री निता निर्देशित ‘पार्वती’को गीत ‘मेरो दिदी` सार्वजनिक

अभिनेत्री निता निर्देशित ‘पार्वती’को गीत ‘मेरो दिदी` सार्वजनिक


  • 1.2K
    Shares

    अभिनेत्री निता निर्देशित ‘पार्वती’को गीत ‘मेरो दिदी` सार्वजनिक
    images

    काठमाडौं । आगामी भदौ १२ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘पार्वती’को गीत ‘मेरो दिदी ’ सार्वजनिक गरिएको छ। गीतमा बाबुल गिरीको शब्द, सङ्गीत र स्वर छ । गिरीलाई अशोक दर्जीले स्वरमा साथ दिएका छन् । 

    सार्वजनिक गरिएको गीतको भिडियोमा फिल्मका मुख्य कलाकार निता ढुङ्गाना र अशोक दर्जीले अभिनय गराइएको छ। कारुणिक भाव व्यक्त गरिएको यो गीतमा दिदी भाइको माया पोखिएको छ।

    फिल्मको मुख्य भूमिकामा निर्देशक ढुङ्गाना र अशोक दर्जी रहेका छन्। निता र अशोकका अलावा दीपाश्री निरौला, सिरु विष्ट, राधिका कँडेल, राज पङ्गेनी शर्मा, राजेन्द्र नेपाली, आशा पौडेल,दिप्त प्रकाश अधिकारी लगायतको मुख्य छ।

    निर्देशक ढुङ्गानाकै कथा तथा पटकथा रहेको फिल्मको स्क्रिप्ट भने शिवं अधिकारीले लेखेका हुन्। सुदीप बरालको छायाङ्कन रहेको फिल्मको नृत्य निर्देशन रामजी लामिछानेको छ।

    फिल्मको प्रोडक्सन म्यानेजर र कार्यकारी निर्माता शंकर पाण्डे हुन् भने निर्मातामा हरिहर अधिकारी रहेका छन्।  फिल्मको सम्पादन तथा टिजर र ट्रेलर साहिल खानले तयार पार्नेछन्।  

    प्रकाशित मिति :श्रावण २६ २०८३ मंगलवार - ११:०१:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij