Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

आन्तरिक राजस्वले सार्वजनिक गर्‍यो साउनदेखि तिर्नुपर्ने करको नयाँ दर

आन्तरिक राजस्वले सार्वजनिक गर्‍यो साउनदेखि तिर्नुपर्ने करको नयाँ दर


  • 2.5K
    Shares

    आन्तरिक राजस्वले सार्वजनिक गर्‍यो साउनदेखि तिर्नुपर्ने करको नयाँ दर
    images

    काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि नै प्राकृतिक व्यक्तिको आयमा लाग्ने करको दर सार्वजनिक गरेको छ ।

    आन्तरिक राजस्व विभागले आयकर ऐन, २०५८ बमोजिम व्यक्तिगत र दम्पत्तिका लागि लाग्ने करको विभिन्न पाँच वटा स्ल्याबसहित एकलौटी फर्मले तिर्नुपर्ने करसहितको विवरण सार्वजनिक गरेको हो ।

    आन्तरिक राजस्व विभागले सार्वजनिक गरेको यस्तो करको विवरण अनुसार आयकरको नयाँ दरको व्यवस्था अनुसार एकल वा दम्पत्ति दुवैको हकमा १० लाख रुपैयाँसम्मको करयोग्य आयमा १ प्रतिशत कर लाग्नेछ ।

    विभागका अनुसार वार्षिक ४० लाख रुपैयाँभन्दा बढी आम्दानी गर्नेको हकमा भने अधिकतम २९ प्रतिशतसम्म कर बुझाउनुपर्ने व्यवस्था आयकर ऐन २०५८ ले गरेको पनि उल्लेख छ ।

    यस्तो करको दर अनुसार १० लाखसम्ममा १ प्रतिशत (१० हजार रुपैयाँ), १० लाखदेखि १५ लाखसम्ममा १० प्रतिशत, १५ लाखदेखि २५ लाखसम्ममा २० प्रतिशत, २५ लाखदेखि ४० लाखसम्ममा २७ प्रतिशत, ४० लाखभन्दा माथि २९ प्रतिशत (२७ प्रतिशतमा थप २ प्रतिशत विन्दु अतिरिक्त कर) गरेर २९ प्रतिशतसम्म कर लाग्ने छ ।

    एकलौटी फर्म दर्ता भएका करदाता, निवृत्तिभरण (पेन्सन) र योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा योगदान गर्नेहरूको हकमा भने पहिलो १० लाखको स्ल्याबमा १ प्रतिशत कर लाग्ने छैन ।

    बचत र खर्चमा पाइने छुट सुविधाहरू

    सरकारले करदातालाई विभिन्न क्षेत्रमा लगानी र खर्च गर्दा करयोग्य आयबाट घटाउन पाउने सुविधा पनि दिएको छ । यस्तो सुविधा अनुसार बीमा प्रिमियममा छुट पाइन्छ । जीवन बीमा गरे बापत वार्षिक ४० हजार रुपैयाँसम्म र स्वास्थ्य बीमा बापत २० हजार रुपैयाँसम्म करयोग्य आयबाट घटाउन पाइनेछ ।

    शिक्षा खर्चमा पनि छुट लिन पाइने छ । छोराछोरीको शिक्षण शुल्क बापत वार्षिक २५ हजार रुपैयाँ वा कुल खर्चको २५ प्रतिशतमध्ये जुन कम हुन्छ, सो रकम घटाउन पाइनेछ ।

    महिलालाई विशेष छुटपाउने व्यवस्था पनि आयकर ऐनले गरेको छ । पारिश्रमिक आय मात्र भएका महिलाको हकमा लाग्ने करमा १० प्रतिशत छुट दिइनेछ ।दूर्गम भत्तामा पनि छुट पाइने छ । दुर्गम क्षेत्रमा कार्यरत कर्मचारीले क्षेत्र अनुसार ‘क’ देखि ‘ङ’ वर्गसम्म ५० हजारदेखि १० हजार रुपैयाँसम्म थप छुट पाउनेछन् ।

    अपाङ्गता भएकालाई थप छुट पाइने छ । अपाङ्गता भएका व्यक्तिले पाउने छुटको सीमामा थप ५० प्रतिशत रकम घटाउन पाउने व्यवस्था गरिएको छ ।

    साना व्यवसायीलाई कारोबार अनुसारको कर

    वार्षिक ३० लाख रुपैयाँसम्म कारोबार र ३ लाखसम्म आम्दानी हुने साना व्यवसायीले महानगर/उपमहानगरमा ७ हजार ५००, नगरपालिकामा ४ हजार र अन्य क्षेत्रमा २ हजार ५ सय रुपैयाँ मात्र वार्षिक कर तिरे पुग्नेछ ।

    ३० लाखदेखि १ करोड रुपैयाँसम्म कारोबार हुने व्यवसायीको हकमा वस्तुको कारोबारमा १ प्रतिशत र सेवाको कारोबारमा २ प्रतिशत कर लाग्नेछ ।

    घरजग्गा बिक्री गर्दा ५ वर्षभन्दा बढी स्वामित्व भएकोमा ७.५ प्रतिशत र ५ वर्षभन्दा कम स्वामित्व भएकोमा १० प्रतिशत पुँजीगत लाभकर लाग्नेछ । सेयर बजारको हकमा ३६५ दिनभन्दा बढी समय सेयर होल्ड गर्नेलाई ७.५ प्रतिशत र सोभन्दा कम समय होल्ड गर्नेलाई १० प्रतिशत कर लाग्ने व्यवस्था छ ।

    डिजिटल सेवा र सामाजिक सञ्जालमा कर

    नेपाल बाहिर सफ्टवेयर वा विद्युतीय सेवा उपलब्ध गराए बापत विदेशी मुद्रामा भुक्तानी पाउने व्यक्ति वा सामाजिक सञ्जालमा श्रव्यदृश्य सामग्री (युट्युव टिकटकसहित) अपलोड गरेर आम्दानी गर्नेहरूले प्राप्त रकममा ५ प्रतिशत कर बुझाउनुपर्नेछ ।

    सवारी साधनकोको लागि तिर्नुपर्ने वार्षिक करको हकमा भाडाका सवारी साधन धनीले सीसी र किलोवाटका आधारमा वार्षिक ६ हजार ५ सय देखि १७ हजार ५ सय रुपैयाँसम्म कर बुझाउनुपर्नेछ । विद्युतीय सवारीको हकमा क्षमता अनुसार ४ हजार देखि ९ हजार ५ सय रुपैयाँसम्म कर तोकिएको छ ।

    images
    प्रकाशित मिति :श्रावण २५ २०८३ सोमवार - १८:१०:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij