Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

५५ दिनमै जापानी इन्सेफलाइटिसबाट ९ जनाको मृत्यु, ४६ जना संक्रमित

५५ दिनमै जापानी इन्सेफलाइटिसबाट ९ जनाको मृत्यु, ४६ जना संक्रमित


  • 694
    Shares

    ५५ दिनमै जापानी इन्सेफलाइटिसबाट ९ जनाको मृत्यु, ४६ जना संक्रमित
    images

    काठमाडौं । ५५ दिनको अवधिमा जापानी इन्सेफलाइटिसबाट देशभर ९ जनाको मृत्यु भएको छ । कुल ४६ जना जापानी इन्सेफ्लाइटिसबाट प्रभावित भएकामा ९ जनाको मृत्यु भएको स्वास्थ्य सेवा विभागले पुष्टि गरेको छ ।

    स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमले असार र साउनको तथ्याङ्क विश्लेषण गर्दा नौ जनाको मृत्यु भएको बताएका छन् । उपलब्ध तथ्यांक अनुसार कोशी प्रदेशमा सबैभन्दा धेरै ६ जनाको मृत्यु भएको छ ।

    झापामा ३ जना तथा इलाम, मोरङ र सुनसरीमा १–१ जनाको मृत्यु भएको छ । यस्तै, मधेस प्रदेशका बारा, धनुषा, महोत्तरी, पर्सा, रौतहट र सप्तरी गरी ११ जना बिरामी परेका छन् भने धनुषा र रौतहटमा १–१ जना गरी कुल २ जनाको मृत्यु भएको छ ।

    यसैगरी दाङमा १ जनाको मृत्यु भएको छ । मृत्यु भएका र संक्रमित मध्ये अधिकांश खोप नलगाएका हुन् । चिकित्सकका अनुसार संक्रमित लामखुट्टेको टोकाइबाट जापानी इन्सेफलाइटिस सर्छ । यो मान्छेबाट मान्छेमा भने सर्दैन ।

     

    images
    प्रकाशित मिति :श्रावण २५ २०८३ सोमवार - १६:४५:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij