Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

सुनको मूल्य घट्यो, चाँदी भने महँगियो

सुनको मूल्य घट्यो, चाँदी भने महँगियो


  • 568
    Shares

    सुनको मूल्य घट्यो, चाँदी भने महँगियो
    images

    काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार नेपाली बजारमा सुनको मूल्य २०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ३ लाख १ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

    महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ३ लाख १ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । आज सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेको हो ।

    त्यस्तै, १० ग्राम सुनको मूल्य आज २ लाख ५८ हजार ४९० रुपैयाँ कायम भएको छ ।

    साथै, चाँदीको मूल्य भने आज प्रतितोला २५ रुपैयाँले बढेको छ । महासंघका अनुसार आइतबार प्रतितोला ४ हजार ६४५ रुपैयाँ रहेको चाँदीको मूल्य आज बढेर ४ हजार ६७० रुपैयाँ पुगेको छ ।

    त्यस्तै, आज १० ग्राम चाँदीको मूल्य ४ हजार ४ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

     

    images
    प्रकाशित मिति :श्रावण २५ २०८३ सोमवार - १२:१०:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij