Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

डढेलो नियन्त्रणका क्रममा हेलिकोप्टर दुर्घटना, दुई जनाको मृत्यु

डढेलो नियन्त्रणका क्रममा हेलिकोप्टर दुर्घटना, दुई जनाको मृत्यु


  • 841
    Shares

    डढेलो नियन्त्रणका क्रममा हेलिकोप्टर दुर्घटना,  दुई जनाको मृत्यु
    images

    काठमाडौं । अमेरिकाको युटा राज्यमा भीषण डढेलो नियन्त्रणका लागि परिचालन गरिएको अग्निनियन्त्रण हेलिकोप्टर दुर्घटना हुँदा पाइलट र चालक दलका एक सदस्यको मृत्यु भएको छ । 

    दुर्घटना डढेलो नियन्त्रण अभियानका क्रममा भएको हो । सिकोस्र्की एस–६४ ‘स्काइक्रेन’ हेलिकोप्टर शुक्रबार स्थानीय समयअनुसार बिहान करिब १० बजे रिचफिल्डनजिकैको थ्री क्रिक्स रिजर्भोयर क्षेत्रमा दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनास्थल वाइडमाउथ–२ डढेलोको दक्षिण–पूर्वी किनारनजिकै पर्छ ।

    राष्ट्रिय अन्तरएजेन्सी अग्नि केन्द्र (एनआईएफसी) ले शनिबार दुर्घटनामा चालक दलका दुवै सदस्यको मृत्यु भएको पुष्टि गरेको हो । दुर्घटनाको २४ घण्टाभन्दा बढी समयपछि मात्रै उनीहरूको मृत्यु पुष्टि गरिएको थियो । 

    एनआईएफसीका अनुसार अत्यधिक जोखिमपूर्ण आगलागीको अवस्था र भिरालो भू–भागका कारण उद्धार टोलीलाई दुर्घटनास्थलसम्म पुग्न कठिन भएको थियो । शनिबार शवहरू निकालिए पनि मृतकको नाम सार्वजनिक गरिएको छैन ।

    डढेलोको जोखिमका कारण अधिकारीहरूले प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान निर्देशन दिएका छन् भने केही सडकमा आवागमनसमेत बन्द गरिएको छ । 

    वाइडमाउथ–२ डढेलो जुलाई २७ मा फिसलेक राष्ट्रिय वन क्षेत्रमा चट्याङका कारण सुरु भएको थियो । त्यसयता यसले १ लाख ११ हजार एकडभन्दा बढी अर्थात् करिब ४५ हजार हेक्टर क्षेत्र जलाइसकेको छ ।

     

    images
    प्रकाशित मिति :श्रावण २४ २०८३ आइतवार - १५:२६:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij