Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

‘जोगिन्दर’ले ल्याए गाईजात्रे कमेडी ‘बालेन सरकार’

‘जोगिन्दर’ले ल्याए गाईजात्रे कमेडी ‘बालेन सरकार’


  • 764
    Shares

    ‘जोगिन्दर’ले ल्याए गाईजात्रे कमेडी ‘बालेन सरकार’
    images

    काठमाडौं । लोकप्रिय हास्य कलाकार शिवशङ्कर रिजाल ‘जोगिन्दर’ले गाईजात्रे कमेडी ‘बालेन सरकार’ ल्याएका छन् ।

     यस वर्ष २०८३ को हास्यव्यङ्ग्यको पर्व ‘गाईजात्रा’लाई लक्षित गर्दै उनले देशको समसामयिक विषय, राजनीति र नेताहरूमाथि व्यङ्ग्य प्रहार गरी यो कोसेली बजारमा ल्याएका हुन् । 

    ‘बालेन सरकार’मा उनले सरकारलाई सल्लाह र सुझाव दिँदै खबरदारी गरेका छन् भने गत फागुन २१ को निर्वाचनलाई कटाक्ष समेत गरेका छन् । समग्र नेपालीहरूको बानीव्यवहोरामाथि समेत प्रहार गरिएको यो कोसेली ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ ।

    विगत २३ वर्षदेखि नियमित रूपमा व्यङ्ग्यका कोसेली ल्याउँदै आएका उनले दर्शक तथा श्रोतालाई हास्यव्यङ्ग्यको माध्यमबाट विशुद्ध मनोरञ्जन दिन र चेतना प्रवाह गर्ने उद्देश्यले ‘बालेन सरकार’ ल्याएको बताएका छन् ।

    लेखन, निर्देशन र प्रस्तुति समेत ‘जोगिन्दर’कै रहेको ‘बालेन सरकार’मा झलकमान गन्धर्वको चर्चित गीत ‘आमाले सोध्लिन् नि’को प्यारोडी समेत समावेश गरिएको छ, जसमा लोकप्रिय लोकदोहोरी गायक राजु परियारको स्वर रहेको छ । 

     वि.सं.२०६१ देखि हरेक वर्ष निरन्तर रूपमा गाईजात्रे प्रस्तुति बजारमा ल्याइरहेका रिजाल गाईजात्रामा हास्यव्यङ्ग्य कार्यक्रम गर्नु र प्रस्तुति ल्याउनुलाई हास्य कलाकारको धर्म नै मान्छन् ।

     

    images
    प्रकाशित मिति :श्रावण २४ २०८३ आइतवार - १२:१३:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij