२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । आज साताको अन्तिम कारोबार दिन शुक्रवार पनि शेयर बजार घटेर बन्द भएको छ । आज नेप्से परिसूचक ४ दशमलव ०५ अंकले घटेर २,६५० को विन्दुमा कायम भएको छ ।
आज ८४ कम्पनीको शेयर मूल्य बढेको छ भने १८५ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३३४ कम्पनीको १ करोड ३ लाख १३ हजार ९७९ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ७७ करोड माथिको शेयर कारोबार भएको छ ।
बैंकिङ ०.२४, विकास बैंक ०.२१, फाइनान्स ०.७०, होटल तथा पर्यटन ०.२७, जलविद्युत् ०.१३, लगानी ०.१७, जीवन बीमा ०.३१, निर्जीवन बीमा ०.२४, अन्य ०.१४ प्रतिशत घटेको छ । उत्पादन तथा प्रशोधन ०.२५, माइक्रोफाइनान्स ०.०१ तथा व्यापार ०.१९ प्रतिशत बढेको छ ।
समूहगत कारोबार हेर्दा हाइड्रोपावर समूहको सबैभन्दा धेरै १ अर्ब ९९ करोडको कारोबार भयो । त्यस्तै वाणिज्य बैंकहरुको ५१ करोड, उत्पादन तथा प्रशोधन २९ करोड, विकास बैंकहरुको १६ करोड रुपैयाँ बराबरको कारोबार भयो ।
आज सबैभन्दा धेरै सोलु हाइड्रोको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३९ करोड २५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिडी पावरको २३ करोड २ लाख रुपैयााको शेयर कारोबार भएको छ । सानिमा बैंकको १७ करोड ८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij