Logo

२०८३ आश्विन १३ गते मंगलवार

२०८३ आश्विन १३ गते मंगलवार

बिनोद ढकालको तीज गीत ‘झुम्का कस्तो छ’ सार्वजनिक (भिडियोसहित)

बिनोद ढकालको तीज गीत ‘झुम्का कस्तो छ’ सार्वजनिक (भिडियोसहित)


  • 3.3K
    Shares

    बिनोद ढकालको तीज गीत ‘झुम्का कस्तो छ’ सार्वजनिक (भिडियोसहित)
    images

    काठमाडौं । नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीज नजिकिँदै गर्दा तीज विशेष गीत सार्वजनिक गर्ने क्रम तीव्र बनेको छ। यही अवसरमा गायक तथा सर्जक बिनोद ढकालको नयाँ तीज गीत ‘झुम्का कस्तो छ’ सार्वजनिक गरिएको छ।

    गीतमा शब्द तथा संगीत बिनोद ढकालकै रहेको छ भने गायिका सीमा नेपाली र रिया सुनारले स्वर दिएका छन्। कृष्ण लामिछानेको संगीत संयोजन रहेको गीतलाई हेमराज दांगीले मिक्स तथा मास्टरिङ गरेका हुन्।

    दिनेश सिंह ठाकुरीको निर्देशन रहेको म्युजिक भिडियोमा जुना कार्की, बिनोद ढकाल र जुनु रिमालको अभिनय रहेको छ। भिडियोको कोरियोग्राफी प्रेम दर्नालले गरेका छन् भने छायांकन सरोज ठाकुरी र सम्पादन तथा रङ संयोजन राजेश कुमारले गरेका हुन्।

    ‘झुम्का कस्तो छ’ तीजको मौलिक संस्कृति, उत्सव र मनोरञ्जनलाई समेटेर तयार पारिएको गीत हो। आकर्षक भिडियोसहित सार्वजनिक भएको यस गीतलाई दर्शक तथा श्रोताले सकारात्मक प्रतिक्रिया दिइरहेका छन्।

    उक्त गीत बिनोद ढकालको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

    हेर्नुस् भिडियो :

    प्रकाशित मिति :श्रावण २२ २०८३ शुक्रवार - १५:४५:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij