Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

‘द राइज अफ साम्राज्य’को मुख्य भूमिकामा सौगात मल्ल

‘द राइज अफ साम्राज्य’को मुख्य भूमिकामा सौगात मल्ल


  • 890
    Shares

    ‘द राइज अफ साम्राज्य’को मुख्य भूमिकामा सौगात मल्ल
    images

    काठमाडौं । फिल्म ‘द राइज अफ साम्राज्य’को मुख्य भूमिकामा अभिनेता सौगात मल्ल देखिने भएका छन् । डार्क हर्स इन्टरटेन्मेन्टले सौगातसँग अभिनय सम्झौता फिल्ममा भित्र्याएको हो ।

    चर्चित उपन्यासकार बुद्धिसागरको कथा र पटकथा लेखेका रहेको फिल्म ‘एपिक एक्सन ड्रामा’मा बन्न लागेको हो । 

    आगामी भदौको पहिलो साताबाट छायांकन सुरु हुने फिल्मको ७० दिन छायांकन तालिका रहेको छ । प्रवेश चौधरी र निला देव निर्माता रहेको फिल्मको कार्यकारी निर्मातामा शंकर पाण्डे हुन् । 

    मानकृष्ण महर्जनको डीओपी, श्रीश्रेष्ठको एक्सन रहने फिल्मको डिजिटल पाटर्नरमा ओएसआर डिजिटल र पब्लिसिटी पार्टनरमा टौवा स्टुडियो रहेको छ । फिल्मको वितरकमा डिसीएन रहेको छ । फिल्म सौरभ चौधरीले निर्देशन गर्न लागेका हुन् ।

     

    images
    प्रकाशित मिति :श्रावण २२ २०८३ शुक्रवार - १३:१६:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij