Logo

२०८३ आश्विन ६ गते मंगलवार

२०८३ आश्विन ६ गते मंगलवार

खल्ती मार्फत डिम्याट तथा मेरो शेयर नवीकरण गर्दा १००% क्यासब्याकको अवसर

खल्ती मार्फत डिम्याट तथा मेरो शेयर नवीकरण गर्दा १००% क्यासब्याकको अवसर


  • 1.2K
    Shares

    खल्ती मार्फत डिम्याट तथा मेरो शेयर नवीकरण गर्दा १००% क्यासब्याकको अवसर
    images

    काठमाडौं । आइएमई खल्ती लिमिटेडले डिम्याट तथा मेरो शेयर खाता नवीकरण गर्ने समय नजिकिँदै गर्दा आफ्ना प्रयोगकर्ताहरूका लागि ‘१००% उपहार’ योजना सार्वजनिक गरेको छ।  

    यस योजना अन्तर्गत खल्तीमार्फत आफ्नो खाता नवीकरण गर्ने ग्राहकहरूमध्ये हरेक १५ दिनमा १०० जना भाग्यमानी प्रयोगकर्ताले १०० प्रतिशत क्यासब्याक जित्ने अवसर पाउनेछन्।

    सीडीएस एन्ड क्लियरिङ लिमिटेडले डिम्याट खाताको वार्षिक नवीकरण शुल्क साउन १५ गतेभित्र भुक्तानी गर्न अनुरोध गरेको छ। तोकिएको समयभित्र शुल्क नबुझाएमा साउन १६ गतेदेखि डिम्याट खाता रोक्का हुनसक्नेछ। डिम्याट खाता रोक्का भएपछि शेयर खरिद–बिक्रीलगायतका पूँजीबजारसम्बन्धी कारोबारमा असर पर्नसक्ने भएकाले समयमै नवीकरण गर्नु आवश्यक हुन्छ।

    हाल डिम्याट खाताका लागि वार्षिक १०० रुपैयाँ र मेरोशेयरका लागि ५० रुपैयाँ नवीकरण शुल्क लाग्ने व्यवस्था छ। प्रयोगकर्ताले खल्ती एपभित्र रहेको ‘फाइनान्सियल सर्भिसेस’ मा गएर ‘मेरोशेयर एण्ड डिम्याट रिन्युवल’ विकल्प छनोट गरी आफ्नो विवरण भरेर केही सेकेन्डमै सुरक्षित रूपमा भुक्तानी गर्न सक्नेछन्। साथै, आफ्नो ब्रोकर वा डीपी को वेबसाइटबाट नवीकरण गर्दा पनि खल्ती पेमेन्ट गेटवेमार्फत सहजै शुल्क बुझाउन सकिने व्यवस्था मिलाइएको छ।

    खल्तीले डिम्याट र मेरोशेयर नवीकरण प्रक्रियालाई छिटो, सुरक्षित र सहज बनाउन एप र पेमेन्ट गेटवे दुवै माध्यमबाट २४ सै घण्टा सेवा उपलब्ध गराउँदै आएको छ। अन्तिम समयको चाप र खाता रोक्का हुने जोखिमबाट बच्न घरमै बसेर समयमै नवीकरण गरी क्यासब्याक योजनामा सहभागी हुन खल्तीले आफ्ना प्रयोगकर्ताहरूलाई आग्रह गरेको छ।

    आफ्नो डिम्याट तथा मेरोशेयर खाता सक्रिय राख्न अन्तिम समय कुर्नुभन्दा अगावै नवीकरण गर्नुका साथै हरेक १५ दिनमा १०० जना प्रयोगकर्ताले १०० प्रतिशत क्यासब्याक जित्ने ‘१०० प्रतिशत उपहार’ योजनामा सहभागी हुने अवसर समेत प्राप्त गर्न सक्नेछन् ।

     

    प्रकाशित मिति :श्रावण २० २०८३ बुधवार - १७:०४:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij