Logo

२०८३ कार्तिक २० गते शुक्रवार

२०८३ कार्तिक २० गते शुक्रवार

बढ्यो गहुँको मूल्य

बढ्यो गहुँको मूल्य


  • 435
    Shares

    बढ्यो गहुँको मूल्य
    images

    काठमाडौं । बैशाखमा प्रतिकिलो ४२ रुपैयाँ रहेको गहुँको मूल्य बढेर ५० रुपैयाँ पुगेको छ । भारतमा मूल्यवृद्धि भएपछि नेपालमा पनि गहुँको मूल्य प्रतिकिलो ८ रुपैयाँले बढेको मैदा मिल सञ्चालकहरूले बताएका छन् ।

    गहुँको मूल्य बढेसँगै गहुँलाई कच्चा पदार्थका रूपमा प्रयोग गर्ने उद्योग सञ्चालनमा कठिनाइ भइरहेको नेपाल फ्लोर मिल एसोसिएसनले जनाएको छ । 

    भारत सरकारले आफूसँग मौज्दात रहेको गहुँ बिक्रीका लागि खुला नगरेसम्म मूल्य नघट्ने एसोसिएसनका उपाध्यक्ष विकास बेगवानीले बताए ।

    भारत सरकारले करिब दुई महिनाअघि अर्थात् २४ अगस्ट २०२६ देखि गहुँको कोटा हटाएकाले आयातमा भने समस्या नरहेको एसोसिएसनले जनाएको छ ।  

     

    प्रकाशित मिति :कार्तिक १९ २०८३ बिहिवार - १४:४०:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij