२०८३ आश्विन ६ गते मंगलवार
काठमाडौं । साताको दोस्रो कारोबारको दिन मंगलवार शेयर बजार घटेर बन्द भएको छ । आज नेप्से परिसूचक २१ दशमलव १५ अंकले घटेर २,६६३ को विन्दुमा कायम भएको छ ।
आज ५८ कम्पनीको शेयर मूल्य बढेको छ भने २१४ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३४३ कम्पनीको १ करोड ७ लाख ६१ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ७ करोड माथिको शेयर कारोबार भएको छ ।
बैंकिङ ०.८०, विकास बैंक ०.५०, फाइनान्स ०.१४, होटल तथा पर्यटन ०.६१, जलविद्युत् ०.५५, लगानी ०.७२, जीवन बीमा ०.८२, उत्पादन तथा प्रशोधन १.३१, माइक्रोफाइनान्स ०.७२, निर्जीवन बीमा ०.५४, अन्य १.०४ र व्यापार १.१९ प्रतिशत घटेको छ ।
एभरेस्ट कलरको मूल्य आज पनि १५ प्रतिशत बढेको छ । सूचीकृत भएदेखि नै मूल्य बढिरहेको यस कम्पनी प्रतिकित्ता १ हजार ७३१ रुपैयाँ पुगेको छ । त्यस्तै खानीखोला हाइड्रोपावरको १०.०७, जोशी हाइड्रोपावरको ५.२६, छ्याङ्दी हाइड्रोपावरको ४.४४, महिला लघुवित्तको ४.०२ प्रतिशत मूल्य बढेको छ ।
आज सबैभन्दा धेरै खानीखोला हाइड्रोपावर कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ४० करोड ६६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सिद्धार्थ बैंकको १६ करोड ७७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेृशनल हाइड्रोपावरको १६ करोड ५७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सेन्ट्रल फाइनान्सको १४ करोड ९१लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij