२०८३ आश्विन ६ गते मंगलवार
काठमाडौं । आज साताको पहिलो कारोबार दिन शेयर बजारमा झिनो अंकको गिरावट भएको छ । आज नेप्से परिसूचक १ दशमलव २० अंकले घटेर २,६८४ को विन्दुमा कायम भएको छ ।
आज १२६ कम्पनीको शेयर मूल्य बढेको छ भने १४१ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३४९ कम्पनीको १ करोड १४ लाख ४९ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५७ करोड माथिको शेयर कारोबार भएको छ ।
बैंकिङ ०.२६, विकास बैंक ०.२३, होटल तथा पर्यटन ०.०१, जीवन बीमा ०.०९, माइक्रोफाइनान्स ०.३०, निर्जीवन बीमा ०.३० प्रतिशत बढेको छ । जलविद्युत् समूह स्थिर अंकमा रह्यो । फाइनान्स ०.२९, लगानी ०.१०, उत्पादन तथा प्रशोधन ०.५७, अन्य ०.८३ तथा व्यापार ०.३३ प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा जलविद्युत् समूह अगाडि रह्यो । सो समूहका कम्पनीको १ अर्ब ६० करोडको कारोबार हुँदा वाणिज्य बैंक समूहको ८१ करोड ५४ लाखको करोडको भयो ।
सूचीकृत भएदेखि नै लगातार बढेको एभरेस्ट कलरको मूल्य आज पनि १५ प्रतिशत बढेको छ । त्यस्तै सप्तकोशी विकास बैंकको ११.७७, माहुली लघुवित्तको ७.१६, श्रीनगर एग्रिटेकको ४.१३, सागर डिस्टिलरीको ४.०९ प्रतिशत मूल्य बढेको छ ।
रिलायन्स स्पिनिङ मिल्सको मूल्य ७.४० प्रतिशत घटेको छ । सालपा विकास बैंकको ४.३१, भगवती हाइड्रोपावरको ३.३६ प्रतिशत मूल्य घटेको छ।
आज सबैभन्दा धेरै रिलायन्स स्पीनिङ मिल्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २७ करोड ६२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिडी पावरको २० करोड ८२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ग्लोबल आइएमई बैंकको १९ करोड ४९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij