Logo

२०८३ श्रावण १५ गते शुक्रवार

२०८३ श्रावण १५ गते शुक्रवार

धनुषाका सीडीओले दिए सेनालाई गोली हान्ने अधिकार (पत्रसहित)

धनुषाका सीडीओले दिए सेनालाई गोली हान्ने अधिकार (पत्रसहित)


  • 701
    Shares

    • images
    धनुषाका सीडीओले दिए सेनालाई गोली हान्ने अधिकार (पत्रसहित)
    images

    सुनसरी । सुनसरीको कप्तानगन्ज घटनालाई लिएर तनाव उत्पन्न भएपछि धनुषाका सीडीओले नेपाली सेनालाई गोली हान्नेसम्मको अधिकार दिएर परिचालनका लागि पत्र पठाएका छन्।

    बिहीबार जिल्ला प्रशासन कार्यालय, धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइटेलले धनुषाको महेन्द्रनगरस्थित नेपाली सेनाको विष्णुदल गणलाई पत्र पठाएका छन्। सीडीओ लुइटेलले ‘नेपाली सेना परिचालन सम्बन्धनमा’ भनेर लेखेको पत्रमा सेना परिचालनका लागि अनुरोध गरिएको छ। 

    पत्रमा धनुषाका विभिन्न क्षेत्रमा लगाइको कर्फ्यु आदेश जारी गरिएको उल्लेख गरिएको छ। कर्फ्यु आदेश लागू गराउनका लागि सेना परिचालन गर्न सीडीओ लुइटेलले पत्र पठाएका छन्। 

    पत्रमा भनिएको छ, ‘शान्ति व्यवस्थाका लागि नेपाली सेना समेतको आवश्यकता पर्ने देखिएकोले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को १ (क) २ बमोजिम नेपाली सेना परिचालनको लागि अनुरोध गर्दछु।’

    यससँगै पत्रमा सेनालाई आवश्यकता अनुसार सैनिक शक्तिको प्रयोग गर्दै गोली हान्नेसम्मको अधिकार दिइएको जनाइएको छ। सीडीओले पठाएको पत्रमा भनिएको छ, ‘कारबाहीको दौरान शान्ति सुरक्षाको स्थिति नियन्त्रणमा राख्नको लागि आवश्यकता अनुसार नेपाली सेनालाई न्यूनतम सैनिक शक्तिको प्रयोग गर्दै गोली हान्नेसम्मको अधिकार प्रत्यायोजन गर्दछु।’

    images
    प्रकाशित मिति :श्रावण १४ २०८३ बिहिवार - २०:३४:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij