२०८३ श्रावण १५ गते शुक्रवार
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्कीलाई नियुक्त गरेका छन्।
राष्ट्रपति कार्यालयले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार नेपालको संविधानको धारा २४५ को उपधारा (२) बमोजिम संवैधानिक परिषद्को सिफारिसमा कार्कीलाई प्रमुख निर्वाचन आयुक्तमा नियुक्त गरिएको हो ।
त्यसैगरी निर्वाचन आयुक्तमा गुरु प्रसाद वाग्ले र डा. राजीव सुब्बालाई नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपति कार्यालयका अनुसार तीनै जनाको नियुक्ति संवैधानिक परिषद्को सिफारिसअनुसार गरिएको हो । उनीहरूको संसदीय सुनुवाइ बुधबार सकिएको थियो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij