Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

ऊर्जा मन्त्रालयको सल्लाहकारमा विवेकराज कँडेल नियुक्त

ऊर्जा मन्त्रालयको सल्लाहकारमा विवेकराज कँडेल नियुक्त


  • 1.1K
    Shares

    ऊर्जा मन्त्रालयको सल्लाहकारमा विवेकराज कँडेल नियुक्त
    images

    काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विवेकराज कँडेललाई मन्त्रालयको अवैतनिक सल्लाहकार नियुक्त गरेका छन् । मन्त्री श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत पोस्ट गर्दै कँडेलको नियुक्तिबारे जानकारी गराएका हुन् ।

    कँडेलको विज्ञता, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव र दूरदृष्टिले नेपालको ऊर्जा क्षेत्रको नीतिगत सुधार, ऊर्जा व्यापार विस्तार, निजी क्षेत्रको लगानी प्रवर्द्धन तथा क्षेत्रीय ऊर्जा बजारसँगको एकीकरणलाई थप गति दिने विश्वास मन्त्री श्रेष्ठले व्यक्त गरेका छन् । 

    नेपालको ऊर्जा क्षेत्रलाई थप सक्षम, प्रतिस्पर्धी र भविष्यउन्मुख बनाउन उनको योगदान महत्वपूर्ण रहने अपेक्षा पनि गरिएको छ ।

     

    प्रकाशित मिति :श्रावण १२ २०८३ मंगलवार - १६:३२:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij