Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

भदौ मसान्तसम्म सरकारले उठायो एक खर्ब ८३ अर्ब रुपैयाँ राजस्व

भदौ मसान्तसम्म सरकारले उठायो एक खर्ब ८३ अर्ब रुपैयाँ राजस्व


  • 211
    Shares

    भदौ मसान्तसम्म सरकारले उठायो एक खर्ब ८३ अर्ब रुपैयाँ राजस्व
    images

    काठमाडौं । सरकारले चालु आर्थिक वर्षको पहिलो दुई महिनासम्म एक खर्ब रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ । भदौ मसान्तसम्म १ खर्ब ८३ अर्ब २१ करोड रुपैयाँ राजस्व उठाएको हो ।

    अघिल्लो वर्षको सोही अवधिको तुलनामा राजस्व संकलन २५ अर्ब ६७ करोड रुपैयाँले बढेको छ । गत वर्ष भदौ मसान्तसम्म १ खर्ब ५७ अर्ब ५३ करोड रुपैयाँ राजस्व उठेको थियो ।

    सरकारले यस वर्ष १५ खर्ब ८० अर्ब ३२ करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको छ । दुई महिनामा लक्ष्यको ११.५९ प्रतिशत राजस्व उठाएकाे छ ।

    संकलन भएको राजस्वमध्ये करबाट १ खर्ब ७२ अर्ब ४३ करोड रुपैयाँ र गैर करबाट १० अर्ब ७८ करोड रुपैयाँ उठेको छ ।

    अनुदान र अन्य प्राप्तिसहित सरकारको कुल प्राप्ति १ खर्ब ८४ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो प्राप्ति १ खर्ब ५९ अर्ब ९९ करोड रुपैयाँ थियो ।

    प्रकाशित मिति :आश्विन १ २०८३ बिहिवार - १०:००:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij