Logo

२०८३ कार्तिक १५ गते आइतवार

२०८३ कार्तिक १५ गते आइतवार

भदौ मसान्तसम्म सरकारले उठायो एक खर्ब ८३ अर्ब रुपैयाँ राजस्व

भदौ मसान्तसम्म सरकारले उठायो एक खर्ब ८३ अर्ब रुपैयाँ राजस्व


  • 855
    Shares

    भदौ मसान्तसम्म सरकारले उठायो एक खर्ब ८३ अर्ब रुपैयाँ राजस्व
    images

    काठमाडौं । सरकारले चालु आर्थिक वर्षको पहिलो दुई महिनासम्म एक खर्ब रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ । भदौ मसान्तसम्म १ खर्ब ८३ अर्ब २१ करोड रुपैयाँ राजस्व उठाएको हो ।

    अघिल्लो वर्षको सोही अवधिको तुलनामा राजस्व संकलन २५ अर्ब ६७ करोड रुपैयाँले बढेको छ । गत वर्ष भदौ मसान्तसम्म १ खर्ब ५७ अर्ब ५३ करोड रुपैयाँ राजस्व उठेको थियो ।

    सरकारले यस वर्ष १५ खर्ब ८० अर्ब ३२ करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको छ । दुई महिनामा लक्ष्यको ११.५९ प्रतिशत राजस्व उठाएकाे छ ।

    संकलन भएको राजस्वमध्ये करबाट १ खर्ब ७२ अर्ब ४३ करोड रुपैयाँ र गैर करबाट १० अर्ब ७८ करोड रुपैयाँ उठेको छ ।

    अनुदान र अन्य प्राप्तिसहित सरकारको कुल प्राप्ति १ खर्ब ८४ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो प्राप्ति १ खर्ब ५९ अर्ब ९९ करोड रुपैयाँ थियो ।

    प्रकाशित मिति :आश्विन १ २०८३ बिहिवार - १०:००:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij