Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

‘सेक्स हर्मोन’ को कमि हुनाले पुरुषमा देखिन्छन् यस्ता लक्षण

‘सेक्स हर्मोन’ को कमि हुनाले पुरुषमा देखिन्छन् यस्ता लक्षण


  • 15.5K
    Shares

    • images
    ‘सेक्स हर्मोन’ को कमि हुनाले पुरुषमा देखिन्छन् यस्ता लक्षण
    images

    पुरुषको शरीरमा बन्ने सेक्स हर्मोनलाई टेस्टोस्टेरोन भन्ने गरिन्छ । यो हर्मोनले पुरुषमा यौन इच्छा बढाउने काम गर्छ । तर, यो हर्मोनको कमिले शरीरमा विभिन्न प्रकारका परिवर्तनहरु आउँछन् ।

    धेरै थकाइ लाग्ने 
    धेरै थकाइ लाग्नु टेस्टोस्टेरोन हर्मोन कमि हुनु हो । यो हर्मोनको कमि भएको महसुस शरीरमा उर्जाको कमि हुँदा कम हुने गर्छ । धेरै थकाई बढ्दो उमेर र डिप्रेशनमा पनि लाग्ने गर्छ । कम्तीमा पनि ८ घण्टाको निन्द्राले शरीरलाई उर्जा प्रदान गर्छ । यदि धेरै थकाइ लाग्ने गर्छ भने यो हर्मोनको जाँच गर्नुपर्छ । 

    यौन जीवनमा परिवर्तन
    यो हर्मोनको कमिमा यौन जीवनमा समेत असर पर्छ । यो हर्मोनको कमि हुँदा लिङ्ग उत्तेजित नहुने समस्या हुनसक्छ । मधुमेहको भएमा पनि यस्तो समस्या आउँछ । तर, टेस्टोस्टेरोनको कमिले यस्तो भएमा समयमा नै उपचार गराउँन आवश्यक छ । 

    स्मरणशक्तिमा असर 
    टेस्टोस्टेरोनको कमिले स्मरणशक्तिमा असर पुर्याउँछ । यसको कमि हुँदा कुनै एउटा कुरामा मात्र ध्यान केन्द्रित गर्न सम्भव हुँदैन । टेस्टोस्टेरोन हर्मोनको अत्यधिक कमिले ध्यान केन्द्रित नहुने समस्या देखिन्छ ।

    मुड परिवर्तन 
    टेस्टोस्टेरोन हर्मोनको कमिले मुडमा पनि असर पुर्याउँछ । यो हर्मोनको कमि हुँदा तपाईं कुनै पनि कुराहरुलाई सही तरिकाले बुझ्न सक्नुहुन्न । यो हर्मोनको कमिले कतिपय पुरुषहरुको व्यक्तित्वमा समेत असर पार्छ । 

    मांशपेशीमा परिवर्तन 
    टेस्टोस्टेरोन हर्मोनले मांशपेशीहरु कमजोर हुन थाल्छन् । यसको कमिले शरीरका मांशपेशीहरुमा परिवर्तन आएको स्पष्ट देखिन्छ । 

    धेरै बोसो जम्मा हुने
    यो हर्मोनको कमिले कसैको शरीरमा धेरै बोसो जम्मा हुन पनि सक्छ । 

    शरीरको कपालमा असर
    यो हर्मोनको कमिमा शरीरका अंगहरु अनुहार, हातहरु र गोडामा भएका रौँहरु आउन कम हुन थाल्छ । 

    हड्डीहरु कमजोर 
    टेस्टोस्टेरोन हर्मोनको कमिमा शरीरमा हड्डीहरु कमजोर हुन थाल्छन् । यसको कारण आस्टियोपोरोसिस नामक रोग पनि लाग्न सक्छ । आफ्नो हड्डीहरु बलियो बनाउन धुम्रपान, मद्यपान गर्नुहुन्न८ र साथै दैनिक व्यायाम गर्नुपर्छ । 

    निदाउन समस्या 
    टेस्टोस्टेरोन हर्मोनको कमिमा सुत्नलाई समस्या हुन्छ । रातभर बेचैनी हुने र निन्द्रा नलाग्ने समस्या आउँछ । 

    प्रकाशित मिति :जेठ २४ २०७८ सोमवार - १६:३२:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij