Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

आजदेखि घरजग्गा किनबेचमा नयाँ पूँजीगत लाभकर लागू

आजदेखि घरजग्गा किनबेचमा नयाँ पूँजीगत लाभकर लागू


  • 1.7K
    Shares

    आजदेखि घरजग्गा किनबेचमा नयाँ पूँजीगत लाभकर लागू
    images

    काठमाडौं । नयाँ आर्थिक वर्ष २०८३\८४ को सुरुवात (साउन १ गते) सँगै नेपालमा घरजग्गा किनबेच गर्दा तिर्नुपर्ने पूँजीगत लाभकर ९क्यापिटल गेन ट्याक्स० को नयाँ दर पूर्ण रूपमा कार्यान्वयनमा आएको छ। 

    सरकारले बजेट तथा आर्थिक विधेयकमार्फत घोषणा गरेको नयाँ नीति लागू भएसँगै अब घरजग्गा बिक्रीबाट नाफा कमाउने व्यक्तिले पहिलेभन्दा बढी कर तिर्नुपर्ने भएको छ।

    नयाँ करको दर यस्तो छ:

    ५ वर्ष वा सोभन्दा बढी स्वामित्व भएको घरजग्गा: बिक्री गर्दा हुने नाफामा अब ७.५ प्रतिशत पूँजीगत लाभकर लाग्नेछ। यसअघि यस्तो कारोबारमा ५ प्रतिशत मात्रै कर लाग्ने गर्थ्यो। 

    ५ वर्षभन्दा कम स्वामित्व भएको घरजग्गा: बिक्री गर्दा लाग्ने करको दर ७.५ प्रतिशतबाट बढाएर १० प्रतिशत पुर्‍याइएको छ। सरकारले घरजग्गा तथा अन्य सम्पत्तिबाट हुने आम्दानीलाई कर प्रणालीमा अझ व्यवस्थित बनाउने र राजस्व संकलन बढाउने उद्देश्यले यो दर संशोधन गरेको जनाएको छ। 

    साउन १ गतेदेखि नै यो व्यवस्था औपचारिक रूपमा कार्यान्वयनमा आइसकेको छ।करको दर बढेसँगै कारोबार लागत पनि केही बढ्ने भएकाले यसको प्रत्यक्ष प्रभाव समग्र घरजग्गा बजारमा पर्ने अनुमान गरिएको छ। त्यसैले घरजग्गा बिक्रीको तयारी गरिरहेका व्यक्ति तथा व्यवसायीहरूले यो नयाँ कर व्यवस्थाबारे विशेष जानकारी राख्नुपर्ने देखिएको छ। 

    प्रकाशित मिति :श्रावण १ २०८३ शुक्रवार - ११:३८:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij