२०८३ श्रावण १० गते आइतवार
काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलवार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १२ सय रुपैयाँले घटेको हो।
प्रतितोला सुन २ लाख ८४ हजार रुपैयाँ कायम भएको छ। हिजो सुन प्रतितोला २ लाख ८५ हजार २ सय रुपैयाँमा किनबेच भएको थियो।
साथै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा तोलामा १५ रुपैयाँले घटेको छ । यससँगै आज चाँदी तोलामा ४ हजार ३६० सय रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदी ४ हजार ३७५ रुपैयाँमा कारोबार भएको थियो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij