Logo

२०८३ श्रावण ११ गते सोमवार

२०८३ श्रावण ११ गते सोमवार

मौसम पूर्वानुमान

आज सातै प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

आज सातै प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना


  • 981
    Shares

    • images
    आज सातै प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना
    images

    काठमाडौं । सातवटै प्रदेशमा आज भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । 

    कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागको थोेरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पूर्वानुमान छ । 

    मधेस, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एकदुई स्थानमा समेत भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले बताएको छ । विभागले दिउँसो देशभर अधिकांश स्थानमा बादल लाग्ने प्रस्ट पारेको छ । हिमाली भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । 

    पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा, मधेस र कोसी  प्रदेशका तराई भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । 

    विभागले राति देशभर अधिकांश स्थानमा बादल लाग्ने बताएको छ ।  कोसी, वाग्मती र गण्डकी प्रदेशको हिमाली भूभागको केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।

    कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागको धेरै स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा  मध्यमसम्मको वर्षाको सम्भावना छ ।  तराई भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । 

    हाल देशभर मनसुनी वायुको प्रभाव छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही माथि रहेको विभागले बताएको छ ।

    images
    प्रकाशित मिति :आषाढ २६ २०८३ शुक्रवार - ०८:१६:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij