२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले आन्तरिक उडानतर्फको हवाई इन्धन सरचार्जमा उल्लेख्य कटौती गरेको छ। नेपाल आयल निगमले हवाई इन्धनको मूल्यमा प्रतिलिटर ४० रुपैयाँ घटाउने निर्णय गरेसँगै प्राधिकरणले नयाँ सरचार्ज दर निर्धारण गरी आजैदेखि लागू गर्न वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको हो।
इन्धनको मूल्य प्रतिलिटर ४० रुपैयाँ सस्तियोनेपाल आयल निगमको असार १६ गतेको निर्णयअनुसार हवाई इन्धनको साबिकको मूल्य प्रतिलिटर २६९ रुपैयाँ रहेको थियो। त्यसमा १४.८७ प्रतिशत अर्थात् प्रतिलिटर ४० रुपैयाँ घटेर नयाँ मूल्य प्रतिलिटर २२९ रुपैयाँ कायम भएको थियो। सोही घटेको मूल्यका आधारमा प्राधिकरणले नयाँ इन्धन सरचार्ज दर स्वीकृत गरेको हो। निर्णय उल्लङ्घन गरे कडा कारबाहीप्राधिकरणका हवाई यातायात विभागका प्रबन्धक रमेश कुमार महतका अनुसार संशोधित हवाई भाडा दर तथा इन्धन सरचार्ज आजैदेखि अनिवार्य रूपमा कार्यान्वयन गर्नुपर्नेछ।
यो निर्णय उल्लङ्घन गर्ने वा नयाँ भाडा दर लागू नगर्ने वायुसेवा कम्पनीलाई प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने प्राधिकरणले चेतावनी दिएको छ।नयाँ दर लागू भएसँगै सुगम र दुर्गम दुवै क्षेत्रको उडान भाडामा उल्लेख्य गिरावट आएको छ, जसले यात्रुहरूलाई ठूलो राहत मिल्ने विश्वास गरिएको छ।
नयाँ दर लागू भएसँगै सुगम र दुर्गम दुवै क्षेत्रको उडान भाडामा उल्लेख्य गिरावट आएको छ, जसले यात्रुहरूलाई ठूलो राहत मिल्ने विश्वास गरिएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij