Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

शेयर बजारमा २९.६४ अंकको बृद्धि, एकैदिन करिब १७ अर्बको सेयर कारोबार

शेयर बजारमा २९.६४ अंकको बृद्धि, एकैदिन करिब १७ अर्बको सेयर कारोबार


  • 6.8K
    Shares

    शेयर बजारमा २९.६४ अंकको बृद्धि, एकैदिन करिब १७ अर्बको सेयर कारोबार

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज बिहिबार उच्च अंकको बृद्धि आएको छ । आज नेप्से २९.६४ अंकले बढेर दुई हजार आठ सय ५६ दशमलब ७७ विन्दुमा पुगेको छ ।   

    आज १६ अर्ब ९० करोड ७० लाख बराबरको कारोबार भएको छ भने कारोबार भएका समूहमध्ये चार वटा समूह बाहेक अन्य समूह बढेका छन् ।   

    आज ४ कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । आज शेयरमूल्यमा उच्च बृद्धि हुने कम्पनीहरुमा मञ्जुश्री फाइनान्स कम्पनी, महिला लघुवित्त वित्तिय संस्था, गुरास फाइनान्स र ग्रिन डेभलपमेन्ट बैंक रहेका छन् ।  

    त्यस्तै, आज पञ्चकन्यामाई हाइड्रोपावर र राधी विद्युत कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । पञ्चकन्यामाईको शेयरमूल्य आज ५।९२ प्रतिशतले घटेको छ भने राधीको शेयरमूल्य आज ५.०६ प्रतिशतले घटेको छ। 

    यता, कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार नेपाल रि–इन्स्योरेन्स कम्पनी भएको छ । यस कम्पनीको आज एक अर्ब २ करोड ७० लाख २७ हजार २८७ रुपैयाँको शेयर कारोबार भएको छ ।    

     

    प्रकाशित मिति :जेठ २० २०७८ बिहिवार - १६:३२:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij