Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

वैशाखमा मूल्यवृद्धि ५.०४ प्रतिशत, खाद्यभन्दा गैर-खाद्य वस्तुमा बढी महँगी

वैशाखमा मूल्यवृद्धि ५.०४ प्रतिशत, खाद्यभन्दा गैर-खाद्य वस्तुमा बढी महँगी


  • 1.4K
    Shares

    वैशाखमा मूल्यवृद्धि ५.०४ प्रतिशत, खाद्यभन्दा गैर-खाद्य वस्तुमा बढी महँगी
    images

    काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को दश महिना ९वैशाख० सम्म आइपुग्दा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति (मूल्यवृद्धि) ५.०४ प्रतिशत पुगेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार अघिल्लो वर्षको तुलनामा मूल्यवृद्धि बढेको हो।

    अघिल्लो वर्ष वैशाखमा यस्तो मुद्रास्फीति २.७७ प्रतिशत मात्र रहेको थियो । यद्यपि, चालु आर्थिक वर्षको दश महिनाको औसत उपभोक्ता मुद्रास्फीति भने २.६६ प्रतिशतमा सीमित रहेको छ ।

    राष्ट्र बैंकको तथ्याङ्कअनुसार समीक्षा महिनामा खाद्य तथा पेय पदार्थको तुलनामा गैर-खाद्य तथा सेवा समूहको मूल्यवृद्धि बढी देखिएको छ । खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ४.६३ प्रतिशत रहेको छ भने गैर-खाद्य तथा सेवा समूहको मुद्रास्फीति ५.२६ प्रतिशत रहेको छ ।

    खाद्य समूहअन्तर्गत फलफूलमा १८.६० प्रतिशत, घ्यू तथा तेलमा १३.९९ प्रतिशत र तरकारीमा ५.४० प्रतिशतले मूल्य बढेको छ । भौगोलिक क्षेत्रगत आधारमा हेर्दा सबैभन्दा बढी मूल्यवृद्धि तराई क्षेत्रमा देखिएको छ । वैशाख महिनामा तराईको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.५९ प्रतिशत रहेको छ । 

    काठमाडौँ उपत्यकामा ४.९० प्रतिशत, पहाडमा ४.७३ प्रतिशत र हिमालमा ३.७३ प्रतिशत मूल्यवृद्धि रहेको छ । ग्रामीण क्षेत्रको तुलनामा सहरी क्षेत्रमा महँगी बढी देखिएको छ, जहाँ सहरी क्षेत्रको मुद्रास्फीति ५.२९ प्रतिशत रहँदा ग्रामीण क्षेत्रको ४.३५ प्रतिशत रहेको छ।

    प्रकाशित मिति :जेठ २६ २०८३ मंगलवार - १७:५६:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij