२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । काठमाडौं महानगरपालिकाको नगरसभाको १९ औँ अधिवेशन आगामी जेठ ३१ गते हुने भएको छ। मङ्गलबार बसेको महानगरपालिकाको ५० औँ नगर कार्यपालिका बैठकले उक्त अधिवेशनको मिति तय गरेको हो।
महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलका अनुसार आगामी जेठ ३१ गते आइतवार बिहान ११स्०० बजे राष्ट्रिय सभा गृहमा अधिवेशनको पहिलो बैठक बस्ने गरी प्रस्ताव सर्वसम्मत पारित गरिएको छ। कार्यपालिका बैठकमा कार्यवाहक प्रमुख डङ्गोलले नगरसभाको १९ औँ अधिवेशन आह्वान गर्ने सम्बन्धी प्रस्ताव निर्णयार्थ प्रस्तुत गरेकी थिइन्।
कार्यपालिका बैठकले शिक्षा क्षेत्रमा महत्त्वपूर्ण निर्णय गर्दै नेपाल भाषाको स्थानीय पाठ्यक्रम तथा बाल विकास र पूर्वप्राथमिक तहको पाठ्यक्रमसमेत स्वीकृत गरेको छ।
महानगरपालिकाको शिक्षा तथा स्वास्थ्य समितिका संयोजक चिनीकाजी महर्जनले बैठकमा सो पाठ्यक्रम स्वीकृतिको प्रस्ताव पेस गरेका थिए। पाठ्यक्रम समसामयिक सुधार तथा परिमार्जन समितिको २०८३ जेठ ४ गते र शिक्षा तथा स्वास्थ्य समितिको जेठ २५ गतेको निर्णय र सिफारिसका आधारमा स्वीकृत गरिएको महर्जनले जानकारी दिए।
पूर्वप्राथमिक तहसम्म विस्तारस् काठमाडौँ महानगरपालिकाभित्रका विद्यालयहरूमा हाल कक्षा ८ सम्म नेपाल भाषा ९नेवारी भाषा० को रैथाने पठनपाठन हुँदै आएको छ। अब यसलाई अझ तल्लो तह अर्थात् बाल विकास र पूर्वप्राथमिक तह ९प्रि(प्राइमरी० देखि नै व्यवस्थित रूपमा लागू गर्ने गरी नयाँ पाठ्यक्रम स्वीकृत गरिएको महानगरपालिकाले जनाएको छ। यस निर्णयले रैथाने भाषा र संस्कृतिको संरक्षणमा थप मद्दत पुग्ने विश्वास लिइएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij