Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

अब साना तथा मझौला व्यवसायीले डिजिटल माध्यमबाटै १० लाखसम्म ऋण पाउने

अब साना तथा मझौला व्यवसायीले डिजिटल माध्यमबाटै १० लाखसम्म ऋण पाउने


  • 1.8K
    Shares

    अब साना तथा मझौला व्यवसायीले डिजिटल माध्यमबाटै १० लाखसम्म ऋण पाउने
    images

    काठमाडौं । लघु, साना तथा मझौला व्यवसायीले अब डिजिटल माध्यमबाट १० लाख रुपैयाँसम्म कर्जा पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले विद्युतीय माध्यमबाट प्रवाह गर्ने कर्जाको सीमा बढाएर उक्त सुविधा थपेको हो ।

    राष्ट्र बैंकले लघु, साना तथा मझौला व्यवसायी (एमएसएमई) लाई विद्युतीय माध्यमबाट कारोबारमा आधारित भई प्रवाह गरिने कर्जामा सहजीकरण गर्ने गरी मार्गदर्शनमा संशोधन गरेको छ । राष्ट्र बैंकले यसअघि तलबी खाता रहेको पेशागत तथा व्यावसायिक आय जम्मा हुने खाता रहेका ग्राहकको हकमा अधिकतम ५ लाखसम्म र अन्य ग्राहकको हकमा अधिकतम २ लाखसम्म विद्युतीय कर्जा उपलब्ध गराउन सक्ने सीमा तोकेको थियो । त्यसलाई संशोधन गर्दै लघु घरेलु क्षेत्रमा १० लाखसम्म कर्जा प्रवाह गर्न सक्ने व्यवस्था गरेको हो ।

    संशोधित मार्गदर्शनमा भनिएको छ, ‘बैंक तथा वित्तीय संस्थाहरूमा तलबी एवं पेशागत तथा व्यावसायिक आम्दानी जम्मा हुने खाता भएका प्राकृतिक व्यक्ति र लघु, साना तथा मझौला व्यवसायीलाई विद्युतीय कर्जा उपलब्ध गराउन सकिनेछ ।’

    बैंक तथा वित्तीय संस्थाहरूमा तलबी एवं पेशागत तथा व्यावसायिक आम्दानी जम्मा हुने खाता भएका प्राकृतिक व्यक्तिहरूलाई विद्युतीय कर्जाको अधिकतम सीमा ५ लाख रुपैयाँ तोकेको हो । यस्तो कर्जा भुक्तानी अवधिक बढीमा ३ वर्षको हुनेछ । तलबी खाता तथा पेशागत र व्यावसायिक आम्दानी जम्मा हुने खाता नभएका प्राकृतिक व्यक्तिका लागि अधिकतम कर्जा सीमा २ लाख र भुक्तानी अवधि ३ वर्ष तोकेको छ ।

    त्यस्तै, लघु, साना तथा मझौला व्यवसायीका लागि अल्पकालीन चालु पुँजी कर्जा ५ लाख र दीर्घकालीन चालु पुँजी कर्जाको सीमा १० लाख रुपैयाँ तोकेको छ । अल्पकालीन प्रकृतिको चालु पुँजी कर्जा अधिकतम १ वर्ष अवधिका लागि र दीर्घकालीन प्रकृतिको चालु पुँजी कर्जामा भने सम्बन्धित बैंक तथा वित्तीय संस्थाले आफ्नो चालु पुँजी कर्जा नीति बमोजिम कर्जाको भुक्तानी अवधि निर्धारण गर्नुपर्ने संशोधित व्यवस्थामा उल्लेख छ ।

    प्रकाशित मिति :जेठ २६ २०८३ मंगलवार - ११:१३:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij