Logo

२०८३ श्रावण ११ गते सोमवार

२०८३ श्रावण ११ गते सोमवार

नेपालगञ्जमा अत्यधिक गर्मी: तापक्रम ४१ डिग्री पुग्दा पोखरा आसपास मध्यम वर्षा हुने

नेपालगञ्जमा अत्यधिक गर्मी: तापक्रम ४१ डिग्री पुग्दा पोखरा आसपास मध्यम वर्षा हुने


  • 1.4K
    Shares

    • images
    नेपालगञ्जमा अत्यधिक गर्मी: तापक्रम ४१ डिग्री पुग्दा पोखरा आसपास मध्यम वर्षा हुने
    images

    काठमाडौं । जल तथा मौसम विज्ञान विभागले मंगलबार लागि देशका प्रमुख सहरहरूको मौसम पूर्वानुमान विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण   अनुसार आज देशभरको मौसम मिश्रित रहने भएको छ। तराई र पश्चिम नेपालका केही सहरहरूमा अत्यधिक गर्मी हुनेछ भने पहाडी तथा पूर्वी भेगका धेरै ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको छ।

    आज दिउँसो विशेष गरी तराई क्षेत्रका सहरहरूमा मौसम अत्यन्तै गर्मी रहनेछ। मौसम पूर्वानुमान अनुसार धनगढी, वीरेन्द्रनगर, नेपालगञ्ज, घोराही र भैरहवामा ‘तातो दिन’ रहनेछ। 

    नेपालगञ्जको अधिकतम तापक्रम देशकै सबैभन्दा धेरै ३९ देखि ४१ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ। त्यसैगरी धनगढीको तापक्रम ३८ देखि ४०, भैरहवाको ३७ देखि ३९ र वीरेन्द्रनगरको ३६ देखि ३८ डिग्री सेल्सियससम्म पुग्नेछ।

    गर्मीको विपरीत पहाडी क्षेत्र र अन्य केही सहरहरूमा भने आज दिउँसो वर्षाको सम्भावना रहेको छ। डडेल्धुरा, दिपायल, जुम्ला, सिमरा, काठमाडौँ, विराटनगर, जोमसोम, धरान र जनकपुरमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने पूर्वानुमान छ। 

    यस्तै, पोखरा, ओखलढुङ्गा, धनकुटा, जिरी र ताप्लेजुङमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। पोखराको अधिकतम तापक्रम ३१ देखि ३३ डिग्री सेल्सियस रहने र वर्षाको सम्भावना ४० प्रतिशत रहेको छ। 

    आज रातिको मौसम भने धेरैजसो पश्चिमी र तराईका सहरहरूमा सफा रहनेछ। डडेल्धुरा, दिपायल, धनगढी, नेपालगञ्ज र भैरहवामा राति आकाश मुख्यतया सफा रहनेछ। वीरेन्द्रनगर, घोराही, सिमरा र जनकपुरमा भने आंशिक बादल लाग्नेछ भने जुम्लामा साधारणतया बादल लाग्नेछ। 

    यता, काठमाडौँ, ओखलढुङ्गा, धनकुटा, विराटनगर, जोमसोम, धरान, जिरी र ताप्लेजुङमा राति पनि मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा हुने सम्भावना छ। पोखरामा भने दिउँसो जस्तै राति पनि मध्यम वर्षा नै जारी रहने पूर्वानुमान छ। काठमाडौँको अधिकतम तापक्रम भने २९ देखि ३१ डिग्री सेल्सियससम्म पुग्नेछ।

    देशभरकै सबैभन्दा कम तापक्रम भने हिमाली जिल्लाहरूमा रहनेछ। आज राति जोमसोमको न्यूनतम तापक्रम ११ देखि १३ डिग्री सेल्सियस र जुम्लाको १३ देखि १५ डिग्री सेल्सियससम्म झर्ने पूर्वानुमान मौसम विभागले गरेको छ।

    718484263_2008430293399379_6503191426223307455_n_bHzs00bYB7.jpg

    images
    प्रकाशित मिति :जेठ २६ २०८३ मंगलवार - ११:०२:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij